तपाईँको चैत महिना कस्तो छ ? राशीले यस्तो भन्छ

विक्रम संवत २०७४ साल चैत १ गते विहान १ बजेर ५५ मिनेट जाँदा धनु लग्न भयर चैत्र मैना प्रारम्भ भएको छ । लग्नाधी पती बृहस्पति बक्र भयर बाह्रौ भावमा बसेका छन यो नै अनिष्ठ मान्नु पर्दछ साथै लग्न भावमा शनि मंगल जोढियकोछ शनिमंगलको परस्पर दृष्ठीवा संयुक्त बसाइ पनि शुभ मानिँदैन ।

समयलाई मकर

सैन्य कारक ग्रह र सेवा कारक ग्रह एक साथ मैना प्रवेश लग्नमा हुनु र लग्नेस बाह्रौ भावमा रहनुले सैन्यबल सकृय हुने सम्भावना रहन्छ । दितिभावको केतु साथमा चन्द्रमा ग्रहण योग बनायर रहनु राज्यको भण्डार रित्तिनु र आर्थिक कठीनाइ बढ्नुहो ।

चतुर्स्थानमा निच बुध सूर्यका साथ रहदा घरेलु समस्या बढ्ने देशमा एक आपसको  मेल मिलाप भन्दा अविस्वास सिर्जना  विबाद बढ्ने संकेत देखिन्छ । सक्ति सालि ग्रह केन्द्रमा रहदा राज्यलाइ बलत पुग्छ राज्यका शत्रु र राज्यको विच ठूलै विबाद बढ्नेछ पन्चमेश र तृतियसको वसाइ लग्नमा भयकोले सैक्षिक र वौध्दिक तथा सैन्य सक्ति एकसाथभै देश रक्षार्थ अघि बढ्ने सम्भावना रहन्छ ।

सफ्तमेस बुध निचभै चतुर्थस्थानमा रहेकोले वैदेशिक सहयोग न्युन हस्तछेव बढि हुने सम्भावना रहन्छ नवमेश र दशमेसको निच भङ्ग राज योग चतुर्थस्थान भयकोले देश भक्त हरुको समन्वय यसै मैना भरिमा हुनेछ एकादशेसको अवस्था राम्रो भयकोले व्यापार घाटामा कमि आउने वातावरण बन्नेछ ।

धार्मिक क्षत्रमा प्रतिकूल प्रभाव बढ्ने धर्मविरोधी हरु सकृय हुने अवस्था आउन सक्छ देशका बौध्दिक वर्गले सचेत हुन जरुरी छ । दैवि प्रकोपको सम्भावना बलियो छ ।

उपलब्ध हुनसकेन।
उपलब्ध हुनसकेन।

मेष

यो महिना अलि खर्चिलोछ । सानु काममा पनि धेरै परिश्रम गर्नु पर्ने मन अशान्त भैरहने विस्वासमा धोका हुने योग छ । शत्रु प्रसस्त मात्रामा बढ्नेछन झुटा आरोप पनि लाग्न सक्छ । स्वस्थ प्रतिकूल हुनुको साथै भाग्यपनि कम्जोर हुनेछ आर्थिक कारोवारमा समस्या आउनेछ मित्र हरुले साथ दिने छैनन परिवारिक गुनासो बढेनेछ । पढाइमा सफलता पाउन गारो छ । ११ गते पश्चात शुक्रको अनुकूलताले व्यापारमा र वैदेशिक कार्यमा सफलता मिल्नुको साथै प्रेममा रमाउने अवसर मिल्नेछ ।

बृष

ग्रह गोचरले साथ दिनेछ आँटेका काम धेरै पूरा हुनेछन । मनमा प्रसन्नता बढ्नेछ आमदानिका श्रोत हरु चौतर्फि बढ्नेछन यात्रा गर्ने अवसर मिल्नेछ । बैबाहिक कार्यहरु अघि बढ्नेछन प्रेममा सफलता मिल्नेछ । पराक्रमको गति तिव्र हुनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योगछ । मित्र तथा परिवारको पूर्णसहयोग मिल्नेछ । नयाँमित्रको आगमनले सफलताको मार्ग अझ वलियो बनाउनेछ । व्यपारमा सफलता सोचे जस्तै मिल्नेछ नोकरी तथा राजनीतिमा आफ्नो वर्चस्व बढ्नेछ । स्वास्थको ख्याल गर्नु पर्ला नगद कारोवारमा अघि नबढ्नु उचित हुनेछ ।

मिथुन

समय राम्रो छ मान सम्मान पाउने योगछ । शत्रु सङ्ग अलि सतर्क रहनु पर्ला । पढाइमा उल्लेखिय सफलता मिल्नेछ । यात्राका अवसर अरु मिल्नेछन । पहिलो भेटमानै प्रेमको प्रस्ताव अरु बाट आउनेछ आँटेका काममा सफलता मिल्नेछ । भाग्य बलियोछ धर्ममा रुचि बढ्नेछ सामाजिक काममा सफलता मिल्नेछ । आमदानिका अवसर हरु प्रसस्त मात्रामा मिल्नेछन । नोकरीमा पदोन्नति र राजनीतिमा प्रगतिको बलियो सम्भावना छ । राज्यले कूटनैतिक नियुक्ति गर्ने बलियो सम्भावना छ । व्यापारमा सोचे भन्दा बढिलाभ मिल्नेछ वैदेशिक कार्यमा गरेका प्रयास हरु फलदाइ रहनेछन । ठूला व्यक्तिले आफुमाथि भरोसा गर्नेछन नयाकामको अवसर मिल्नेछ वैवाहिक कार्यमा अघिबढ्ने बलियो सम्भावनाछ ।

कर्कट

ग्रह गोचर मध्यम रहनेछ भाग्यले साथ नदिने भयकोले आँटेको काममा सजिलै सफलता पाउन मुस्किलछ । शत्रु अलि वलिया भयपनि आफ्नु जित निस्चित छ तर काम गर्दा सजग हुनु पर्नेछ । विस्वासमा काम गर्ने अवस्थाछैन । नोकरिमा निकै प्रतिस्पर्धा गर्नु पर्नेछ । कुरा काटने हरु सकृय भयकाले गोपनियता अपनाउनु पर्नेछ । व्यापारमा प्रसस्थ उतार चडापको सामना गर्नु पर्नेछ । बैदेशिक कार्यमा धेरै अप्ठ्यारा हरु आउनेछन लेन देनमा विबादको सामना गर्नु पर्नेछ । मित्र तथा परिवारिक सहयोगमा केहि काम बन्नेछन पढाइमा भने राम्रै सफलता हाशिल गर्न सकिनेछ । पुराना कुरा कोट्यायर अप्ठ्यारो मार्ने काम गर्न सक्ने भयकोले महिना भरिनै सचेत हुनु पर्ला ।

सिंह

संयम भयमा बौध्दिक बर्गको लागि समय अनुकूल रहेपनि ठूला ठूला चुनौतिको सामना गर्नु पर्नेछ । कामको विचमा अवरोध सिर्जना गर्नेहरु निकै सकृय देखिन्छन । आत्मवल पनि कम्जोर बन्नेछ । हाड जोर्निको समस्याले पनि सताउनेछ । कुरा काट्ने हरु सकृय हुनेछन आर्थिक कारोवारमा प्रसस्थ अप्ठ्यारा हरु आउनेछन । धातुरोगले पनि सताउनेछ उच्च रक्त श्रावको पनि सम्भावनाछ । आफन्त हरुले सम्वेदन सिल समयमा धोकादिनेछन । ११ गते पछि शुक्र अनुकूल हुने हुदा समयले साथ दिनेछ परिवार बाट सहयोग मिल्ने पढाइमा सफलता मिल्ने नोकरि तथा राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिने भयकोले महत्व पूर्ण काम त्यसपछिनै गर्नु उचित हुनेछ ।

कन्या

समय राम्रो भयपनि अढैया शनि र चतुर्थ मंगलको प्रतिकूल प्रभाव पर्ने हुदा संयम हुनु जरुरीछ आफन्त र परिवार लाइ समेत यथार्थ खोलेमा गरेका काममा सफलता मिल्नेछैन अरुको विस्वास सजिलै जित्न सकिनेछैन । मित्रहरुको सहयोग नमिले पनि आफ्नै प्रयासले भने महत्वपूर्ण काम धेरै गर्न सकिनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने थता नयाँ काम पाउने योगछ । बोलिको प्रभाव ठूला व्यक्तिलाइ आकर्षण गर्न सकिनेछ । पढाइमा सफलता मिल्नेछ व्यापारमा लाभ राम्रै मिल्नेछ । भाग्यले साथ दिनेछ नोकरि तथा राजनीतिमा सोचेजस्तै सफलता मिल्नेछ प्रेम गर्ने अवसर पनि मिल्नेछ । वैबाहिक बन्धनमा बाँधिने योग पनि छ ११ गते पछि स्वास्थमा समस्या आउनुको साथै काममा बाधा आउने मनमा चिन्ता बढ्ने आर्थिक कठिनाइले सताउने योग भयकोले खान र वोल्न विचार गर्नुपर्ला ।

तुला

ग्रह गोचर राम्रो भयपनि ११ गते सम्म स्वास्थको ख्याल गर्नुपर्ला शत्रु संग सतर्क हुदै अघि बढेमा १२ गते देखि आर्थिक लाभका अवसर हरु प्रसस्त मात्रामा मिल्नेछन । आँटेका काममा पनि सफलता मिल्नेछ वोलिको प्रभावले घरेलु काममा रुचि बढ्ने र मित्रहरुले सहयोग गर्ने योग भयकोले महत्व पूर्ण कामहात पर्ला । कुरा काट्ने हरुको सेखि झर्नेछ । पढाइमा केही कठिनाइको सामना गर्नु परेपनि अन्ततः सफलता हात पर्नेछ । व्यापारमा उन्नतिको अवसर मिल्नेछ वैदेशिक कार्यमा ठूलै फड्को मार्न सकिनेछ । प्रेम गर्ने अवसर पनि मिल्नेछ वैबाहिक प्रकृया अघि बढ्ने सम्भावनाछ । कून नैतिक कार्यमा आफ्नु दक्षता दर्शाउने अवसर मिल्नेछ नोकरी तथा राजनीतिमा ठूलो चुनौति सामना गर्नु परेपनि लक्षमा पुग्न सकिनेछ ।

बृश्चिक

समय राम्रोछ बोलिको प्रभाव राम्रो नरहेपनि तपाइको सत्यताले अरुको विस्वास जित्न सजिलै सकिनेछ । जोसर वौध्दिक तिव्रताले सजिलै आँटेको काम पुरा गर्न सकिनेछ । तपाइको लगन सिलता र इमान्दारीताको अरुले खुलेर प्रसम्सा गर्नेछन । घरेलुसमस्याले सताउने र मित्रहरुको गुनासो बढ्ने हुनाले घर वाहिर आफन्त हरु बाट टाढा रहेर काम गर्नु उचित हुनेछ । सन्तान नहुनेको लागि सन्तान प्राफ्तिको समयपनिहो । व्यापारको मार्ग अलि खर्चिलो रहनेछ प्रेमा खटपट पति पत्नीमा विबाद यात्रामा कठिनाइ आउन सक्ने हुदा संयम रहनु होला । नोकरीमा गरेका प्रयास सकारात्मक रहनेछन राजनीतिमा उतार चडापको सामना गर्नु परेपनि अन्ततः सफलता प्राफ्त हुनेछ ।

धनु

ग्रह गोचर त्यति अनुकूल देखिन्न । समस्याहरु प्रसस्तै आउनेछन मनमा दुविधाले दरिलो डेरा जमायकोछ । कुरा काट्ने हरु निकै सकृय देखिन्छन । धन नास हुनुको साथै दाँत मुख्मा पिढा पनि वढ्नेछ । कामको फुर्सद मिल्नेछैन अरुको काम धेरैं गर्न पर्नेछ । घरेलु समस्याले प्रसस्त मात्रामा सताउनेछ मित्र तथा परिवारले पनि अनावस्यक पिरोल्नेछन । १२ गते पछि पढाइमा केही अनुकूल वातावरण बन्नेछ । व्यापारमा गरेका प्रयास भने सकारात्मक रहनेछन यात्रा केहि शुलभ रहला प्रेममा सकारात्मक अवस्था देखिन्छ लेन देनमा अघि नबढ्नुनै उचित होला नोकरी तथा राजनीतिमा गरेका प्रयासले उच्च स्थान पाउन सक्छ महिना भरिनै सचेत रहनु राम्रो ।

मकर

समय समग्रमा राम्रोरहेपनि खर्चको गति अलि तिव्र रहनेछ । खर्चगर्दा भने संयमित हुनुपर्ला । पराक्रम तिव्र गतिमा अघिबढ्नेछ सानै प्रयासले पनि ठूलाकामहरु अघि बढ्नेछन । वोलिको सत्यता लाइ अरुले स्विकार गर्नेछन । नयाँकामको अवसर पनि मिल्नेछ । आफन्त हरुको सहयोग भन्दा बढि गुनासोनै आउनेछ । मित्रहरुको गुनासोले मनलाइ अलि दुःखि बनाउन सक्छ । पढाइमा लाभ मिल्ने भयपनि खर्चभने अलि बढिनै हुनेछ व्यापारमा ठूलै फड्को मार्न सकिनेछ । बौध्दिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ । बैदेशिक कार्यमा आफ्नो वर्चस्व बढाउन सकिनेछ । प्रेमको प्रस्ताव अरुवाटै आउनेछ । वैबाहिक बन्धनमा बाँधिने वलियो सम्भावनाछ । झुटा आरोप लाग्नसक्ने भयकोले गोपनियतामा जोढदिनु उचित हुनेछ ।

कुम्भ

खर्च अलि बढिनै हुने देखियकोले सचेत हुदा राम्रो । विबाद तिर नलाग्नुनै वेश धनमाल हराउन सक्ने भयकोले धनको ढुकुटिमा कढा नजर लगाउनु राम्रो । जोस र जाँगर बढ्ने छ सानै प्रयासले पनि ठूलोकाममा सफलता मिल्नेछ नयाँकामको अवसर पनि मिल्नेछ । मित्र तथा परिवारको सहयोग प्रयासफ्त मात्रामा मिल्नेछ । नयाँमित्रको आगमन पनि हुनेछ भुलेका मित्रले पुनः याद गर्नेछन । पढाइमा सोचेजस्तै सफलता पाउन सकिनेछ । शत्रु अलि सकृय हुने भयकोले सजग हुनु राम्रो । व्यापारमा गरेका प्रयासहरु राम्रै रहनेछन । लेन देनमा भने अलि विचार पुर्याउन राम्रो भाग्य बलियोछ नोकरी तथा राजनीतिमा आफ्नु वर्चस्व बढाउन सजिलै सकिनेछ । मान्य जनको सद्भाव पनि राम्रै मिल्नेछ । धन मनग्य कमाउने अवसर मिल्नेछ प्रेममा खट पट र पति पत्नीमा विबाद सिर्जना होला संयम हुनु होला ।

मीन

समय वलियो छ वोलिको प्रभावले मनोबल बढ्नेछ । आमदानीका श्रोत हरु चौतर्फि जुट्नेछन । पराक्रमको गति तिव्र रहनेछ । काममा सफलता सजिलै मिल्नेछ । मित्रहरुले पूर्णरुपमा साथ दिनेछन परिवारजनको साथ प्रयाफ्त मिल्नेछ । घर तथा सावारी साधन जोढ्ने तरखरमा हुनु हुन्छ भने सजिलैहोला । पढाइमा निकै प्रगतिको लक्षण देखिन्छ । व्यापारमा वैदेशिक कार्यमा र प्रेममा उल्लेख्य सफलता मिल्नेछ । वैबाहिक कार्यलेपनि उचित स्थान पाउनेछ । भाग्यले साथ दिनेछ सामाजिक कार्यमा सम्मान पाउने योगछ नोकरी तथा राजनीतिमा उतार चढावका बावजुदपनि लक्षमा पुग्न सहज हुनेछ । सन्तान प्राफ्तिको लागि समय अनुकूल छ ऋषको वेग बढ्ने भयकोले धैर्यता अपनाउँदा मात्र सफलता मिल्नेछ ।