author avatar

रासस

राससका सबै समाचारहरू

पार्टीका योग्य साथीलाई उचित जिम्मेवारी दिइनेछ : प्रधानमन्त्री देउवा

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने आश्वासन दिएका छन्। स्कूल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको…

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई मण्डनदेउपुर नपाको आर्थिक सहयोग

बनेपा– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई नगद सहयोग प्रदान गरेको छ। नगरपालिकाले शुक्रबार सहयोग रकम वितरण कार्यक्रम आयोजना गरी प्रतिमृतक रु ५० हजारका दरले १८…

सामुदायिक विद्यालयका शिक्षकले पाएनन् तलब

सल्यान – सल्यानका विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतमा पढाइरहेका शिक्षकले तलवसुविधा नपाएको गुनासो गरेका छन्। भैरवी आधारभूत विद्यालयमा १२ वर्षदेखि निजीस्रोतमा पढाइरहेका प्रकाश बुढाले तीन वर्षदेखि तलब नपाएकाले दैनिक गुजारा…

बसको ठक्करबाट एक जनाको मृत्यु

धादिङ – रसुवाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले शुक्रबार धुनिबेशी नगरपालिका–७, नौबिसेमा ठक्कर दिँदा एक जनको मृत्यु भएको छ। बा ५ ख ६१५१ नम्बरको यात्रुबसले पैदलयात्री धुनिबेशी नगरपालिका–७ का ४०…

फेरिँदै माझी बस्तीको दैनिकी

बलेवा – कहिले कालिगण्डकी किनारमा माछाको खोजी त कहिले मजदुरीका लागि भौँतारिने गुमा माझीले शुक्रबार आफ्नै आँगनमा बाख्राको पाठी प्राप्त गरिन्। माझी पोसाकमा सजिएकी उनको पोसाक र अनुहारमा चमक थियो।…

पानीमा डुबेर युवकको मृत्यु

तुल्सीपुर – पानीमा डुबेर एक युवकको मृत्यु भएको छ। दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो। शुक्रबार बिहान घरबाट निस्किएका उनी…

भीमदत्तमा मेट्रिक घर नम्बरिङ सुरु

कञ्चनपुर– भीमदत्त नगरपालिकामा मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयनमा ल्याइएको छ। नगरपालिकाको वडा नं १ देखि मेट्रिक प्रणालीअन्तर्गत घर नम्बर राख्न सुरु गरिएको हो। नगरपालिका क्षेत्रमा रहेका घरको पहिचान सहजै गर्न…

भन्सार छल्न व्यापारीलाई सघाउँछन् सरकारी कर्मचारी

वीरगञ्ज– मुलुककै सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्जबाट यथार्थ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ। व्यवसायी र भन्सार कर्मचारीको आपसी समझदारीमा सामग्रीको…

मुस्ताङबाट आधामात्रै भेडा–च्यांग्रा निकासी

बेनी– दसैँलाई लक्षित गरी मुस्ताङबाट करिब १२ हजार भेडाच्यांग्रा निकासी भएका छन्। तिब्बतबाट भेडाच्यांग्रा नआएपछि विगतको तुलनामा झण्डै आधाको संख्यामा भेडाच्यांग्रा निकासी भएका हुन्। अघिल्ला वर्षमा २० देखि २५ हजारको…

चीनबाट आयातित सामग्रीको परीक्षण भोटेकोसी बगरमा

रसुवा– नेपालको उत्तरी नाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परीक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ। बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ताचप्पललगायत सामग्री छिटोभन्दा…

काठमाडौँ महानगरमा दसैँलक्षित खोप दिइँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका…

बागमती प्रदेशमा २३ प्रतिशत भाडा बढ्यो

बागमती – बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको जनाएको छ। प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको छ। प्रदेश…

बौद्धिक अपांगता भवन प्रयोगविहीन

तम्घास – नियमित सञ्चालन खर्च अभावमा बौद्धिक अपांगता भवन प्रयोगविहीन बनेको छ। बौद्धिक अपांगता अभिभावक संघले मानसिक तथा बौद्धिक अपांगताको उचित व्यवस्थापनका लागि रेसुंगा नगरपालिका–९ मा ०७४।७५ मा सो भवन…

गृहमन्त्री खाँण बाढी पहिरो प्रभावित मनाङको अनुगमनमा

मनाङ– गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरोले क्षति पुर्‍याएको मनाङकाे बिहीबार अनुगनमन तथा निरीक्षण गरेका छन्। उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पुर्‍याएको…

डा महत नेतृत्वको कांग्रेस टोली भारत प्रस्थान

काठमाडाैँ– नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली बिहीबार भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ। भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली बिहीबार त्यसतर्फ लागेको…

बाख्रा फार्मभित्र छिर्‍यो चितुवा

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका ६ बाख्रा चितुवाले आक्रमण गरी मारेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गएराति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो। व्यावसायिक रुपमा…