कास्की– पोखरामा व्यवसाय गर्ने भारतीय व्यवसायी ठगी गरेर फरार भएका छन्। सृजना चोकमा अक्सिजन ट्रेडर्सको नामबाट व्यवसाय गर्दै आएका भारतीय नागरिक मुथुरमण के करोडौं ठगेर फरार भएका हुन्।
सस्तो मुल्यमा सामान उपलब्ध गराउने भन्दै अग्रिम भुक्तानी लिएका मुथुरमण लगायतका चार भारतीय व्यावसायी उपभोक्ता ठगेर भागेका हुन्।
ईलेक्टिक, फर्निचर घरायसी भाडाकुडाँ लगायतका समानहरुको होलसेल कारोबार गर्ने अक्सिजन ट्रेडर्सले बजार मुल्य भन्दा आधा सस्तोमा सामान उपलब्ध गराउने भन्दै पोखराका धेरै व्यापारीसँग अग्रीम भुक्तानी लिएको थियो।
त्यहाँका स्थानीय व्यवसायीले आफूहरुको अग्रिम पैसा लिएको र ठगीको उजूरी प्रहरीमा दिएपछि के र अक्सिजनका अर्का सञ्चाचालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रक्राउ गरेको थियो।
प्रहरीले अनुसन्धानका क्रममा कानुनी प्रक्रिया अनुसार नै व्यवसाय सञ्चालन गरेको देखिएको भन्दै चार दिनपछि उनीहरुलाई रिहा गरेको थियो। तर प्रहरीले रिहा गरेपछि उनीहरुले अझै धेरै ग्राहकलाई ठगेको स्थानीय व्यवसायीले बताए।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिसपि खडक खत्रीले प्रारम्भिक जानकारी अनुसार अक्सिजन ट्रेडर्सका संचालकले करीब ५ करोड रुपैयाँ ठगी गरेको बताइएको छ। उनीहरुले दुई हजारदेखि ५ लाख सम्मको सामान अडर लिएको  स्थानीय व्यावसायीले बताए। पोखरा लेखनाथका दिनेश तिवारीले ९५ हजार बुझाएर सामान अडर गरेको बताए ।
पुस ३ मा सामान पाउने भन्दै पोखरा सिद्वार्थ चोककी गिता आचार्यले एक लाख पचास हजार बुझाएको बताइन्। उनले प्रहरीले उनीहरुलाई रिहा गरेपछि विश्वास बढेर रकम बुझाएको बताइन्। अधिकाशं व्यक्तिहरुलाई सोमबारदेखि सामान उपलब्ध गराउने भन्दै उक्त ट्रेडर्सले सयौं उपभोक्ताको अडर लिएको व्यवसायीको दाबी गरे।
अग्रिम रकम बुझाउनेलाई ट्रेडर्सले प्यान नम्बर र मोवाईल नम्बर भएको बिल दिए पनि अक्सिजनले बिलमा प्रयोग गरेको प्यान नम्बर अर्कै व्यवसायीको नाममा दर्ता भएको देखिन्छ। ट्रेडर्सको बिलमा भएको मोवाईल नम्बर पनि स्विच अफ गरिएको छ।
यता, आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछानेले अक्सिजन ट्रेडर्सले सो फर्मका सञ्चालक मुथुरमण केका नाममा गत कार्तिक २२ गते भारतीय दुतावासको परिचय पत्र पेस गरी प्यान नम्बर लिएको बताए। उनका अनुसार मुथुरमण केहि दिनअघि भ्याटमा दर्ता हुने प्रकृया बुझ्न कर कार्यालय आएका थिए।
सोमबार विहान उक्त ट्रेडर्स अगाडीसयौं उपभोक्ताहरुको भीडभाडले गर्दा ट्राफिक जाम समेत भएको थियो। ठगिएका उपभोक्ताहरुले जिल्ला प्रशासनकार्यालयमा उजुरी लिएर जाने तयारी गरेका छन्।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































