निर्वाचितपछि सांसदको मुहारमा खुसियाली (फोटो फिचर)

+
-

काठमाडौं- मंसिर २१ गते सम्‍पन्‍न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा निर्वाचित भएपछि केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिको मुहारमा खुसियाली छाएको छ। जनताले आफ्नो विवेकसम्‍मत मत हाली बहुमतले जिताएपछि उनीहरुको मुहारमा खुसियाली छाएको हो।

कैलालीबाट प्रधानमन्त्री पत्‍नी आरजू राणालाई नारदमुनि रानाले भारी मत अन्तरले हराएपछि त्‍यस क्षेत्रमा स्थानीले र्‍याली र विजय जुलुस निकालेका छन्। यस्तै दाङमा जितको खुसियालीमा दलका नेता कार्यकर्ता र शुभचिन्तकले र्‍याली निकालेका छन्।

यसैगरी प्रतिष्ठाको राजनीति मानिकएको धनुषामा राष्ट्रिय जनता पार्टीका अध्‍यक्ष मण्डलका राजेन्द्र महतोले कांग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गरेपछिको खुसियालीमा उनलाई नगर परिक्रमा गराइएको छ। सडकमा स्थानीहरु अबिर साटासाट मात्र गरेका छैनन्, आफ्नो प्रतिनिधि पाएकोमा अब विकासको आशा र भरोसा लिएर बसेका छन्।

यस्तै गोरखामा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले जितेपछि उनका समर्थक र शुभचिन्तकले बधाई दिएका छन्। यस्तै निर्वाचित बाम र लोकतान्त्रिक गठबन्धन, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका निर्वाचित दल र स्वतन्त्रका शुभचिन्तकहरुले विजय जुलुश देशैभरी निकालेका छन्।

यो पनि हेर्नुहोस्:

निर्वाचन विरोधी गतिविधिका आरोपी तारिखमा छुटे

भारतद्वारा निर्वाचनको स्वागत, विजयी बामलाई बधाई दिएन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?