समानुपातिक त्रुटि सच्याउन आयोगद्वारा दलहरुलाई पत्राचार

+
-

काठमाडौँ- निर्वाचन आयोगले दलहरुले बुझाएको प्रदेश समानुपातिक सूचीमा त्रुटि देखिएको र सच्याउन तीन दिनको समय दिँदै नेपाली कांग्रेससहित ६ वटा दलहरुलाई मंगलबार पत्राचार गरेको छ।

दलहरुले पठाएको समानुपातिक सूचीमाथि छानबिन गर्दा आयोगले संविधानको बाध्यात्मक मापदण्ड अनुसार मेल नखाएकाले उनीहरुलाई उक्त सूची सच्याउने मौका दिइएको हो।

आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समावेशी र पहिलेको प्राथमिक क्रमानुसार सूची बनाएर पठाउन पत्राचार गरिएको छ।

आयोगले दलहरुले बुझाएको प्रदेश समानुपातिक सूचीमाथिको छानबिन मंगलबार साँझमात्रै सम्पन्न गरेको थियो।

उक्त सूची संविधानमा उल्लेख गरिए अनुसार समावेशी र पहिलेको प्राथमिक क्रमानुसार छन् कि छैनन् भन्नेबारे रुजु गरिएको थियो। निर्धारित म्याद (शुक्रबार) भित्र दलहरुले पठाएको सूचीलाई शनिबारदेखि निरन्तर रुजु गर्ने काम सुरु भएको थियो। नामावली विधिसम्मत भएको भए आयोगले मंगलबार नै अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको थियो ।

नेकपा एमालेले सबैभन्दा धेरै ७५ समानुपातिक सांसद पाएको छ। नेपाली कांग्रेसले एमालेको भन्दा तीन सांसद कम पाएको छ भने नेकपा माओवादी केन्द्रले ३५ जना, संघीय समाजवादी फोरमले १३, राष्ट्रिय जनता पार्टीले १२, राष्ट्रिय प्रजातन्त्र पार्टी र साझा विवेकशीलले ३/३ सिट पाएका छन्। यस्तै राष्ट्रिय जनमोर्चाले २ जना सांसद पाएको छ। नेपाल मजदुर किसान पार्टी, नयाँ शक्तिलगायत अन्य तीन दलले १/१ सिट पाएका छन्। मुलुकका सात वटै प्रदेशसभाका समानुपातिक सांसद २ सय २० सिट रहने प्रावधान छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?