राजधानी माग्दै जुम्लामा पनि प्रदर्शन

राजधानी माग्दै जुम्लामा पनि प्रदर्शन
+
-

सुर्खेत- प्रदेश नं. ६ को राजधानी जुम्लामा बनाइनुपर्ने माग गर्दै जुम्लामा प्रदर्शन गरिएको छ।

सरकारले सुर्खेतलाई अस्थायी राजधानी घोषणा गर्न लागेको भन्दै त्यसको विरोधमा जुम्लामा आन्दोलन सुरु गरिएको हो।

नागरिक समाजको अगुवाइमा जुम्ला सदरमुकाम खलंगामा विहीबार जुलुस निकालिएको हो। संघीयताको मर्मअनुसार प्रदेश नं. ६ को राजधानी जुम्लालाई बनाउनुपर्ने माग जुम्लाबासीको छ।

६ नम्बर प्रदेशको राजधानीका लागि जुम्ला नै सबैभन्दा उत्तम रहेको जुलुसपछिको कोणसभामा बोल्दै नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए। उनले पहिचान र सामर्थ्य दुवैलाई आधार मान्दा यो प्रदेशको ठूलो भुभाग ओगटेको कर्णालीमा नै प्रदेश राजधानी बनाइनुपर्ने बताए।

अगुवा अनुप थापाले ६ नम्बर प्रदेशको राजधानी कर्णाली बाहेक अन्यत्र बनाइए कडा आन्दोलन गर्ने चेतावनी दिए। साथै उनले सकेसम्म जुम्लालाई राजधानी बनाइनुपर्ने र जुम्ला नभए पनि कर्णालीका अन्य कुनै जिल्लालाई राजधानी बनाउनुपर्ने माग गरे।

प्रदेशको राजधानी कर्णालीमा नै तोकिनुपर्ने, प्रशासनिक सुगमता,  भौगोलिक र वैज्ञानिक मापदण्ड प्रयोग गर्नुपर्ने, राज्यको मूलधारमा नआउन्जेल कर्णालीलाई साविकको पिछडिएको उत्पीडित क्षेत्र कायम गर्नु पर्ने र भूगोलको अपमान गरी निर्वाचन क्षेत्र बाँडफाँड गरिएकाले सम्मानसहित कर्णालीका ५ जिल्लाको निर्वाचन क्षेत्र दोब्बर गरिनुपर्ने लगायतका माग नागरिक समाजले अघि सारेको छ।

यो पनि हेर्नुहोस्:

दिपायलमा प्रदेश राजधानी माग्दै आन्दोलन उग्र

प्रदेश राजधानीबारे गाल परेपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता पन्थीद्वारा राजिनामा

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?