
काठमाडौँ- अस्वस्थताका कारण एक सातादेखि घरमै आराम गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थप उपचारका आगामी पुस २६ गते बैंकक जाने भएका छन्।
उच्च पार्टी स्रोतका अनुसार ओलीको अस्वस्थतालाई सार्वजनिकरुपमा नल्याउने उनको चाहना भए पनि बिहीबार प्रधानमन्त्री निवासमा भएको सर्वदलीय शीर्ष बैठकमा उनी उपस्थित नभएपछि उनको स्वास्थ्यस्थितिबारेको हल्लाले थप चासो पाएको थियो। उनी गम्भीर खालको पखालाका कारण केही दिनदेखि घरमै आराम गरिरहेका थिए।
झाडापखालासँगै देखा परेको कमजोरीले गर्दा उनी सार्वजनिक कार्यक्रम तथा सभासमारोहमा सहभागी भएका छैनन्।
११ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरेका ओली झण्डै डेढ महिना लामो चुनाव प्रचारप्रसार तथा त्यसपछिको धपेडीपूर्ण राजनीतिमा चिकित्सकको सल्लाहलाई बेवास्ता गर्दै होमिएका थिए।
यो पनि हेर्नुहोस्:
एक सातादेखि अस्वस्थ अोली घरमै आराम गर्दै