‘जनदबाबले प्रधानन्यायाधीशको राजीनामा गराएरै छाड्छ’

‘जनदबाबले प्रधानन्यायाधीशको राजीनामा गराएरै छाड्छ’
+
-

काठमाडौँ- चिकित्सा शिक्षा संस्थानहरुमा व्याप्त अपारदर्शिता, अनियमितता र भ्रष्टाचारको विरोधमा उभिँदै आएका डा. गोविन्द केसीले सर्वोच्च अदालत तथा त्यसका प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीमाथि ‘मेडिकल माफिया’ को मतियार बनेको आरोप लगाउँदै त्यसविरुद्ध संघर्षको घोषणा गरेका छन्।

चार वर्ष अघि डा. केसीले नै आन्दोलन गरेका कारण चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन पदबाट हटाइएका डा. शशि शर्मालाई प्रधान न्यायाधीश पराजुली र दीपककुमार कार्कीको संयुक्त इजलासले पद बहाली गर्ने आदेश दिएपछि आक्रोशित डा. केसीले सोमबार न्याय संघर्षको घोषणा गरेका हुन्।

त्यसो त डा.केसीले सर्वोच्चको निर्णय सार्वजनिक भएलगत्तै आइतबार नै देशसञ्चारसँग गलत फैसला गर्ने प्रधान न्यायाधीशलाई निकालेरै छोड्ने बताएका थिए। तत्काल प्रधान न्यायाधीश पराजुलीलाई बर्खास्त गर्ने र ‘मेडिकल माफिया’ सँगको उनको साँठगाँठबारे छानबिन गर्न पनि उनले माग गरेका छन्।

शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. केसीले पराजुली सर्वोच्च अदालत तथा त्यसभन्दा अघि विभिन्न न्यायालयमा छँदा चिकित्सा शिक्षा संस्थानहरुभित्र अनियमितताको पक्षमा फैसला दिँदै आएको आरोप लगाउँदै पराजुलीले गरेका विभिन्न फैसलाहरुलाई त्यसका प्रमाणका रुपमा प्रस्तुत गरेका छन्।

विगत पाँच वर्षमा आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिन १३ पटक अनशन बसिसकेका डा. केसीले आइतबारको सर्वोच्चको फैसला विरोधमा प्रधान न्यायाधीश पराजुलीको बर्खास्तीसँगै ४ अन्य पुराना मागहरु अघि सार्दै अपरान्ह ४ बजे अनशन सुरु गरेका छन्।

‘म जनताका लागि लडिरहेको छु र जनदबाबले प्रधान न्यायाधीश पराजुलीलाई पदबाट राजिनामा दिन बाध्य गराउने छ,’ डा. केसीले अपर्झट आयोजित पत्रकार सम्मेलनमा भने। डा. केसीले त्यसलाई सत्याग्रहको संज्ञा दिँदै आफ्ना मागहरुमा समर्थन गर्न सर्वसाधारणलाई आग्रहसमेत गरेका छन्। ‘अहिलेको संवेदनशील घडीमा हामीले उचित कदम नचालेको खण्डमा देशमा भ्रष्टाचार र माफियातन्त्र झनै संस्थागत भएर जाने भएकाले म सत्याग्रहको घोषणा गर्न चाहन्छु,’ डा. केसीले भने।

तस्बिरहरु- सुलभ श्रेष्ठ

 

यो पनि हेर्नुहोस्: 

प्रधानन्यायाधीश गोपाल पराजुलीकाे बर्खास्तीको माग राख्दै डा. केसी फेरि अनशनमा

डा. केसी पुनः अनसनमा होमिने तयारी

सर्वोच्चको निर्णयपछि डा. केसीको आक्रोश- ‘म प्रधानन्यायाधीशलाई निकालेरै छोड्छु’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?