डा. केसीमा तीन समस्या, औषधि लिन अस्वीकार

डा. केसीमा तीन समस्या, औषधि लिन अस्वीकार
+
-

काठमाडौँ- सर्वोच्च अदालतको आदेशमा हिरासतमा नै वीर अस्पतालमा उपचारमा रहेका डा. गोविन्द केसीले सलाइनलगायत कुनै पनि औषधि लिन अस्वीकार गरेका छन्।

अस्पतालको इएनटी वार्ड अन्तरगतको क्याबिनमा राति यो संवाददातासँगको छोटो भेटमा डा. केसीले भने, ‘म आत्तिएको छैन र कहिल्यै आत्तिन्न। म ठिक छु, त्यही भएर औषधि खानु पर्दैन।’

अस्पतालका मेडिसिन युनिटका प्रमुख डा. सुरेन्द्रलाल श्रेष्ठको ‘सुपरभिजनमा’ मंगलबार साँझ सर्वोच्च अदालतबाटै सोझै अस्पताल पुर्‍याइएका डा. केसीलाई टाउको बेस्सरी दुख्ने, मुटुको धड्कन तिव्र हुने र मांशपेशी बाउँडिने समस्या देखा परेको छ।

श्रेष्ठका अनुसार यी सबै समस्या न्युनीकरण गर्न औषधि खानु पर्ने भए पनि डा. केसीले अस्वीकार गरेका छन्।

‘म सत्याग्रह र अनशनमा रहेको हुँदा कुनै पनि औषधि वा सलाइन लिन्न, मलाई कर नगर्नुहोस,’ डा. केसीलाई उद्धृत गर्दै डा. श्रेष्ठले भने।

डा. श्रेष्ठले जीवन रक्षाका लागि डा. केसीले औषधि समेत खान नमानेपछि आफूहरु चिन्तामा परेको बताए। तर बुधबारसम्म औषधि खुवाउन सकिन्छ कि भन्ने आशा डा. श्रेष्ठमा छ। श्रेष्ठका अनुसार उनले परीक्षणका लागि शरीरबाट रगत समेत निकाल्न डा. केसीले दिएका छैनन्।

मानहानि मुद्दामा अदालतमा उपस्थित गराइनुभन्दा १४ घण्टाअघि नै गिरफ्तारी गर्न सर्वोच्चले आदेश दिएपछि सोमबार नै राति उनलाई अनामनगरस्थित प्रहरी वृत्तको हिरासतमा लगिएको थियो।

मंगलबार नियमित अदालती कारवाही सुरु हुन डेढ घण्टाअगावै डा. केसीलाई एम्बुलेन्समा राखी सर्वोच्च अदालत पुर्‍याइएको थियो।

सर्वोच्चको नजिकै माइतीघर मण्डलामा डा. केसीका समर्थक न्यायपालिका, खासगरी प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीविरुद्ध आक्रोश फैलिन थालेको र यता दिनभरि सर्वोच्चमा भोकै लामो बयान दिएका कारण थकित केसीलाई सिधै अदालतको आदेशमा वीर पुर्‍याइएको हो।

सामान्यतया सार्वजनिक चासोमा रहेका धनी व्यक्तिहरु हिरासतबाटै सुविधासम्पन्न निजी अस्पताल जाने गर्छन्। तर, डा. केसीलाई भने जोखिमबाट मुक्त राख्ने उद्देश्यले वीरमा ल्याइएको अस्पताल स्रोतको बुझाइ छ।

त्यस्तै डा. केसी कार्यरत रहेको त्रिवि शिक्षण अस्पताल उनलाई लैजाँदा उनको समर्थनमा अस्पतालमै आन्दोलन चर्किने खतरा रहेकाले पनि सर्वोच्चले वीर नै रोजेको स्रोतको भनाइ छ।

तर डा. श्रेष्ठले भने सामान्यतया हिरासतमा रहेका कोही पनि बिरामी परेमा उपचारका लागि सरकारी वीर लगायत सरकारी अस्पताल नै लग्ने गरेको बताए।

डा. केसीलाई अस्पतालमा पुर्‍याइएपछि उनका शुभचिन्तकसँगको भेटघाटमा कडाइ गरिएको छ भने क्याबिन बाहिर बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिको छ।

 

यो पनि पढ्नुहोस्…

डा. केसीलाई वीर अस्पतालबाट अदालत लगियो

डा.केसीको मुद्दामा बहस सुरु

म रैती होइन, सार्वभौम देशको नागरिक हुँ-डा.केसी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?