डा. केसीलाई वीर अस्पतालबाट अदालत लगियो

डा. केसीलाई वीर अस्पतालबाट अदालत लगियो
+
-

काठमाडौंँ- वीर अस्पतालमा प्रहरी नियन्त्रणमै अढनशनमा रहेका डा. गोविन्द केसीको ‘अदालतको मानहानि मुद्दा’मा बुधबार बहस हुँदैछ। उनलाई साढे नाै बजे नै वीर अस्पतालबाट सर्वोच्च अदालत लगिएको छ।

उनको पक्ष र विपक्षमा वकिलहरुले बहस गर्ने छन्। केसीका पक्षमा बहस गर्न सयभन्दा बढी वकिलहरुले नाम दर्ता गराएको उनका पक्षधर वरिष्ठ न्यायाधीश दिनेश त्रिपाठीले बताए।

सर्वोच्चले मंगलबार डा. केसीसँग लामो बयान लिएको थियो।

बयानका क्रममा डा. केसीले सर्वोच्चका प्रधान न्यायाधीश गोपाल पराजुलीमाथि ११ अभियोग लगाएका छन्।

बयानपछि डा. केसीलाई सुविधाजनक ठाउँमा बसाल्नु भन्ने निर्देशन सर्वोच्चले दिएपछि उनलाई वीर अस्पतालको क्याविनमा पुर्‍याइएको थियो।

उनलाई कडा टाउको दुखाइ, मुटुको धड्कन तीव्र हुने र मांसपेशी बाउँडिने समस्या देखिएको छ। ती समस्या समाधानका लागि उनले औषधि लिन नमानेको उनको उपचारको नेतृत्व गरिरहेका अस्पतालका मेडिसिन युनिटका प्रमुख डा. सुरेन्द्रलाल श्रेष्ठले बताए।

डा. केसीले आफू सत्याग्रहमा रहेकाले कुनै पनि औषधि नखाने अडान लिएका छन्।

 

यो पनि पढ्नुहोस्…

डा.केसीको मुद्दामा बहस सुरु

म रैती होइन, सार्वभौम देशको नागरिक हुँ-डा.केसी

डा. केसीमा तीन समस्या, औषधि लिन अस्वीकार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?