काठमाडौँ- केही ठाउँमा अशान्ति र विरोध हुने संकेतबीचमै मंगलबारको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी कार्य सन्चालन केन्द्र तोक्ने र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ।
अस्थायी केन्द्र नतोक्दा निर्वाचन आयोग र सरकार एकातिर तथा सरकार र प्रतिपक्षी एमालेका बीच अर्कोतर्फ तनाव बढ्ने निश्चित देखिँदा थाती रहेको दुई काम सरकारले मंगलबार नै गर्ने एक मन्त्रीले देशसञ्चारसँग बताए।
निर्वाचन आयोगले मंगलबारसम्म यी दुई निर्णय नभए निर्धारित समयमा राष्ट्रिय सभाको चुनाव हुन नसक्ने बताएको छ।
संविधानको धारा २८८ (३) अन्तर्गत अस्थायी केन्द्र तोक्ने सरकारले तयारी गर्दा खासगरी प्रदेश ५, ६ र ७ का केन्द्रबारे विवाद रहेको र विरोध हुने सम्भावनाले ढिलाइ भएको ती मन्त्रीले बताए। प्रदेश पाँचमा बुटवल, दाङ र नेपालगञ्जका लागि माओवादी, कांग्रेस र एमालेका प्रभावशाली नेताहरुको दबाब छ भने प्रदेश छका सुर्खेत र जुम्लाको विवाद पनि चर्किँदै गएको छ। त्यस्तै, प्रदेश सातमा धनगढी वा दिपायल कसलाई प्रदेश केन्द्र बनाउने भन्ने विवाद नेताहरुबीच नै छ।
सम्बन्धित समाचारहरु…