
काठमाडौं – राष्ट्रियसभा निर्वाचनको उम्मेद्वार छनौट गर्न अध्यक्ष केपी ओली निवास बालकोटमा दिनभरी विताएको नेकपा एमाले स्थायी कमिटीले आधा भन्दा कम उम्मेद्वारको मात्र अन्तिम टुंगो लगाउन सफल भएको छ।
राती करिव ११ बजे जारी गरिएको आधिकारिक सूचीमा पार्टीको जित निश्चित भएका २९ मध्ये १३ जनाको मात्र उम्मेद्वारीलाई अन्तिम रुप दिइएको छ।
त्यसअनुसार प्रदेश पाँचमा चार जना, प्रदेश छमा पाँच जना र प्रदेश सातमा चार जनाको उम्मेद्वारी घोषणा गरिएको छ।
प्रदेश एक, दुई, तीन र चारको उम्मेद्वारका निधो मंगलबार मात्र सार्वजनिक गर्ने बताइएको छ।
यी हुन पाँच, छ र सातका उम्मेदार
प्रदेश नं ५–
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
प्रदेश नं ६–
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश नं ७–
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुावर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा