
काठमाडौं -एमाले स्थायी कमिटिले पार्टीका ललितपुर क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद नवराज सिलवालविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित तथा प्रसारित समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
ओली निवास बालकोटमा सोमबार बसेको एमाले स्थायी कमिटीले जारीको विज्ञप्तीमा सिलवालविरुद्ध पूर्वाग्रह, प्रतिसोध र अतिरञ्जित तरिकाले नेपाल सरकार लागेको आरोप लगाउँदै त्यस्ता कार्यलाई तत्काल बन्द गर्न माग गरेको छ।
यी सबै गतिविधिहरु नेपाल प्रहरीको आग्रहमा भइरहेको आरोप पनि एमाले स्थायी कमिटिले लगाएको छ।
प्रहरी सेवामा छदा आफ्नो बढुवाका लागि ‘कीर्ते’ कार्य सम्पादन मुल्यांकन पेश गरेको अभियोगमा सुनुवाई हुँदा सर्वोच्च अदालतले त्यसमा दोषी व्यक्तिलाई कारवाही चलाउन आदेश दिएपछि प्रहरीले सिलवाल विरुद्ध पक्राउ आदेश जारी गर्नुका साथै इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेको छ।
सम्बन्धित समाचारहरु…
डीफ्युजन नाेटिसपछि सिलवालकाे प्रतिक्रिया
पुर्व डीअाइजी सिलवालविरुद्ध डिफ्युजन नाेटिस