प्रदेश ४ को पहिलो प्रदेशसभा बैठक माघ २२ गते

+
-

कास्की-प्रदेश ४ को प्रदेशसभाको पहिलो बैठक माघ २२ गते बस्‍ने गरी प्रदेश कार्यालयले सूचना प्रकाशन गरेको छ।

प्रदेश प्रमुखका सचिव देवी प्रसाद ज्ञवालीले आइतबार राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गरी बैठक आह्वान गरेका छन्।

२२ गते ११ बजेलाई बैठक आहृवान गरीएको सुचनामा जनाइएको छ। प्रदेशका कतिपय सांसदहरु आफ्नो जिल्लामा फर्किसकेकाकाले क्षेत्रीय प्रशासन मार्फत सम्बन्धित जिल्लामा बैठकको जानकारी पत्र पठाइसकिएको सचिव ज्ञवालीले जानकारी दिए।

ज्येष्ठ सदस्य अस्थायी सभामुख जनकलाल श्रेष्ठको अध्यक्षतामा पहिलो बैठक बस्दै छ । पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रलाई प्रदेश सभा बैठकस्थल र प्रदेशसभाको सचिवालय तोकिएको छ।

निर्वाचन परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको पहिलो वैठक डाक्नुपर्ने व्यवस्था छ।

पहिलो अधिवेशनसँगै सभामुख, उपसभामुख निर्वाचनको प्रक्रिया सुरु हुनेछ । प्रदेश ४ मा ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक पद्धतिबाट गरी ६० जना प्रदेश सांसद छन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?