प्रदेश ६ मा राष्ट्रियसभाको निर्वाचनको तयारी पूरा

प्रदेश ६ मा राष्ट्रियसभाको निर्वाचनको तयारी पूरा
+
-

सुर्खेत- प्रदेश नं ६ राष्ट्रिय सभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। मतदानको लागि केन्द्र निर्धारणका साथै कर्मचारी व्यवस्थापनकाको काम पूरा भएको हो। बुधबार १० बजेदेखि हुने मतदानको लागि वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा दुई वटा केन्द्र तोकिएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्र (क) मा स्थानीय तहका प्रमुख तथा उप–प्रमुखलाई मतदान गर्ने व्यवस्था मिलाइएको छ । यस्तै, केन्द्र (ख) मा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन्।

निर्वाचन अधिकृत मेदेनीप्रसाद पौडेलले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताए। तीन सदस्य चयनका लागि प्रयोग गरिने मतपत्र झण्झटिलो भएकाले राजनीतिक दलहरुले मतदान गर्ने तरिका सिकाएका छन्।

नेकपा एमाले र माओवादी केन्द्रका संयुक्त उम्मेदवार भएकाले दुवै दलले आन्तरिक प्रशिक्षण गरी मतदाता शिक्षा दिइएको एमाले पोलिटव्यूरो सदस्य गोरखबहादुर बोगटीले बताए।

यता निर्वाचन अधिकृतको कार्यालयले पनि राजनीतिक दलहरुसँग समन्वय गरी मतदाता शिक्षा दिइएको अधिकृत पौडेलले बताए।

तीन महिला, तीन जना अन्य, एक दलित र एक जना अल्पसंख्यक गरी आठ जनाका लागि यो प्रदेशमा तीन राजनीतिक दलबाट १२ जनाले उम्मेदवारी दिएका छन्। पाँच जना एमाले, तीन जना माओवादी र चार जना नेपाली कांग्रेसबाट उम्मेदवारी चुनावी मैदानमा छन्।

प्रदेश ६ मा स्थानीय तहको १ सय ५८ र प्रदेशसभा ४० गरी १ सय ९८ मतदाता छन्। ७९ वटा स्थानीय तह रहेको यो प्रदेशमा स्थानीय तहको २ हजार ८ सय ४४ र प्रदेशसभाको १ हजार ९ सय २० गरी जम्मा ४ हजार ७ सय ६४ मतभार छ। एमाले र माओवादीले गठबन्धनमार्फत निर्वाचनमा सहभागी हुने भएकाले प्रदेश ६ मा वाम गठबन्धनको ३ हजार ५ सय ४६ मतभार हुन आउने देखिन्छ। कांग्रेसको मतभार १ हजार २६ हुन आउँछ। यस प्रदेशमा राष्ट्रियसभा जित्न एक जनाले १ हजार १ सय ६६ मत ल्याउन आवश्यक हुन्छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’