देशसञ्चार प्रेमपत्र प्रतियोगिता

खाडीको तातो घाममा पसिनाले निथ्रुक्क भिजेर लेख्दै छु यो प्रेमपत्र

खाडीको तातो घाममा पसिनाले निथ्रुक्क भिजेर लेख्दै छु यो प्रेमपत्र
+
-

प्रिय देशू,

लामो समयपछि यो पत्र लेख्दैछु।

देश छोडेको पनि वर्ष पुग्न लाग्यो। खाडीको तातो घाममा। पसिनाले लुथ्रक्क भिजेर। तिम्रो यादमा यो पत्र कोर्दैछु। यतिका दिनसम्म पत्रै लेख्न नसक्नुले बिर्स्यो भन्ने नठान है।

एकदिने रमिताले हाम्रो माया दर्साउने होइन। प्रेम बुझ्न र बाँड्न त कुनै दिन कुर्नु पर्दैन। प्रेम गर्नेहरुका लागि हरेक दिन दिवस हुन्छ। हरेक पल उत्सव हुन्छ।

मेरा पनि बाध्यता छन्।

रहरभित्रका बाध्यता। सपनाभित्रका बाध्यता। मायाभित्रका बाध्यता। यिनै लेखौं भने पनि किताबको खात बन्ला। तर, आज बाध्यतामा रहरले तिमीलाई पत्र कोर्दै छु। खाडीबाट, ४० भन्दा बढी डिग्रीको तापक्रममा।

देखावटी प्रेम दिवसका सन्ध्यामा! पहिलेजस्तो गाउँमा चिठीका झोला बोकेर हुलाकी पनि त फिर्दैनन् नि। हुलाकमा हालौं भने पनि महिनौं लाग्ने। अहिले देशसञ्चारले जुराइदिएको माध्यमबाट पत्र लेख्दै छु।

कुरै कुरामा सन्चो बिसन्चो त सोध्नै बिर्सेछु। आरामै छौ नि है।

हुन त यो प्रेम दिवसमै किन सम्झ्यो भन्ने ठानौली। त्यसो पनि होइन। एकदिने रमिताले हाम्रो माया दर्साउने होइन। प्रेम बुझ्न र बाँड्न त कुनै दिन कुर्नु पर्दैन। प्रेम गर्नेहरुका लागि हरेक दिन दिवस हुन्छ। हरेक पल उत्सव हुन्छ।

गाउँमा छँदा सँगै बिताएका पल सायदै बिर्सेकी हौली। मैले त हरपल सम्झन्छु। तिनै यादहरुको सहारले त बाँचेको छु।

एकदिने रमिताले हाम्रो माया दर्साउने होइन। प्रेम बुझ्न र बाँड्न त कुनै दिन कुर्नु पर्दैन। प्रेम गर्नेहरुका लागि हरेक दिन दिवस हुन्छ। हरेक पल उत्सव हुन्छ।

प्रिय देशू,

तिम्रो ओठको मिठो मुस्कान, लजाउने र जिस्काउने बानी, नछोइकन सँगै बिताएका कयौं रात म कसरी भुल्न सक्छु र!

टाढा हुँदा माया झन गाढा हुन्छ भन्छन्। मेरो माया गाढै बनाएर राखेकी छौ होली नि है। हुन त मुनामदनमा जस्तो माया गाढा हुँदाहुँदै पनि हाम्रै समाजका कतिपय नरपिचासका कारण मुनाले मदन र मदनले मुना गुमाउनु पर्‍यो नि है। तर, तिमीलाई त्यस्तो परेको छैन नि।

म विदेश हान्निन्छु भन्दा तिम्रा आँखाका डिलसम्म आँसु बगेको याद छ। ती आँसु सम्झेर पनि संघर्ष गरिरहेको छु यो खाडीमा।

विगत सँगसँगै बिते पनि एक अर्काको भइनसक्दै खाडी हान्निनुपर्‍यो। यो रहर थिएन, बाध्यता नै थियो।

म हिँड्नुपूर्व पनि केही कुरा त भनेको थिएँ अप्रत्यक्ष रुपमा। तिमीले बुझेकी पनि थियौ। तर, तिमीले जवाफ भने फर्काइनौ। किन थाहा छैन, सायद चाहिनौ अथवा आवश्यक ठानिनौ। आज त्यही जवाफको खोजीमा यो पत्र लेख्दैछु। हुन त मलाई तिमीले दिने जवाफ पनि थाहा छ। तर पनि लेख्दै छु।

कुरा नघुमाई भन्छु। म फर्किन्जेल मलाई पर्खेर बस है। सम्झेर बस है। म धेरै खुसी दिन नसकूँला। धन र दौलत दिन नसकूँला।
चोखो मायामा कमी हुन दिने छैन। मेरो प्रेमले जिन्दगी जिउने बहाना मिल्नेछ। बाँच्ने अभिलाषा मिल्नेछ। म यस्तो प्रेम दिन्छु जसले सम्बन्धमा माधुर्य दिनेछ।

यति भनिरहँदा ख्याल गर। मैले कुनै आकाशका ताराको कुरा गरेका छैन। कुनै रोज या चकलेट पनि पठाएको छैन, देखावटी माया साट्न। यो त केवल पर्दामा देखिने र सुनिने कुरा हो। मैले बस यत्ति भन्न सक्छु। साँचो र चोखो माया दिनेछु।

हररात म तिमीलाई पाउँछु।

हामी हामीलाई नै पाउँछौँ, हाम्रै अङ्गालोमा भने किन चाहियो हामीलाई ‘अङ्गालो दिवस?’ हाम्रा साथहरुमा नै यति मिठास हामीले पाउछौं हरपल भने किन चाहियो हामीलाई रङ्गिन प्लास्टिकले बेरेका चकलेटहरु? त्यसैले त म दिन्न बनावटी मायाका गुलाबहरु। चकलेट वा यस्तै यस्तै अरु अरु।

जब तिमी मेरो र म तिम्रो नै हौ भने किन गर्नुपर्‍यो वर्षमा एकदिन ‘प्रस्ताव?’ कहाँं लुकेका हुन्छन् प्रेम, कसले देखाउन सक्छ त्यो प्रेम चकलेट, गुलाबका फूल र प्रस्तावहरुमा?

तर, संजोग यही पर्‍यो तिमीलाई भन्ने। मैले माथि पनि भने निँ यो दिन त केवल हुलाकी मात्रै हो। अझै भनौँ देशसञ्चारले खोजिदिएको हुलाकी। यो पत्र यदि तिमीले पढ्न पायौं भने एक शब्द देश सञ्चारलाई पनि धन्यवाद भन्न लोभ नगर ल। हाम्रो भेट यसैले जुराएको हो।

म हरेक बगानमा तिम्रो नाम लेख्न चाहन्छु, हरेक मौसमले तिमीलाई सिंगार्न चाहन्छु। किनकि हामी दुबै यस धरातलमा छौं भने म तिमीलाई धरातलीय प्रेम नै दिन्छु।

त्यसैले त म यस्तो माया दिन्छु तिमीलाई कि टाढा रहेर र रहन परे पनि ‘दुर’ को आभास कहिल्यै हुनेछैन र हुन पनि दिने छैन।

प्रिय देशू,
कुरो बुझ्यौ नि? यो मेरो प्रस्तावभन्दा नि सम्झना हो। तिमीले नकार्ने छैनौं।

उही तिम्रो सञ्चार। खाडीबाट।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?