‘कांग्रेस फेरिनुपर्छ भन्ने नतिजाले देखाइसकेकाे छ’ (भिडियो)

+
-

काठमाडौ– काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा नव निर्वाचित गगन कुमार थापाले आफ्नो जितमा खुसी प्राप्त भएपनि निर्वाचनमा आफ्नो पार्टी नेपाली कांग्रेसको इतिहासमै सबैभन्दा कमजोर नतिजा प्राप्त हुँदा दुखी भएको बताएका छन् ।

उनले अफठ्यारोमा परेको आफ्नो पार्टीलाई आफु जस्ता युवा पुस्ताले गहन जिम्मेवारी लिएर काम गर्नु पर्ने बताए । ‘अहिलेको परिस्थिती केही प्रतिकुल रहेपनि यस्तो नतिजा आउला भन्‍ने अनुमान गरेको थिएन’ जितपछि थापाले भने,‘तर त्यस्तो भइरहेको छ। त्यसले पार्टीमा पुर्नसंरचनाको खाँचो छ।’

जनताले अव आउने संसदमा संभवत प्रतिपक्षीको भूमिकामा राखिसकेका बताए । यो अवस्थामा मुलुकलाई संविधानको मार्गबाट बाहिरिन नदिन सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए । नेपाली कांग्रेस अहिले चलेकै परिपार्टीबाट अघि बढ्न नसक्ने देखिएको उनको भनाई । उनले आफ्नो पार्टीमा ठूलो परिवर्तनको खाँचो रहेको यो चुनावको परिणामले पनि देखाएको बताए ।

‘नजिता राम्रो नआएको अवस्थामा पार्टीका कार्यकर्तालाई नआत्तिन र आफ्नो जिम्मेवारी निर्वाह गर्न अनुरोध गर्दछु,’ थापाले भने। जितपछिको आफ्नो भूमिका रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्ने पनि उनले बताए। आफ्नो जित आफ्ना मतदाता, सबै सहयोगी र साथीमा सर्मिप र चपली बम विस्पोटका घाइतेमा समिर्ति गरेको उनले बताए। उनले आफ्नो पूर्ववत घोषणा अनुसार गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सर्वसाधारणको पहुँच पुर्याउने आफु लाग्ने प्रतिवद्धता पनि जनाए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?