पार्टीले आयोजना गरेको बधाई समारोहमा रोए लिङ्देन

पार्टीले आयोजना गरेको बधाई समारोहमा रोए लिङ्देन
+
-

विर्तामोड– राप्रपाका महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि निर्वाचित सदस्य राजेन्द्र लिङ्देन मञ्चमा बोल्दाबोल्दै भक्कानिएका छन्।

झापाको बिर्तामोडमा शनिबार झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री लिङ्देनलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा उनी भक्कानिएका हुन् ।

लिङ्देनलाई बधाई तथा शुभकामना दिन राप्रपाका अध्यक्ष कमल थापासमेत उपस्थित थिए। लिङ्देनले मन्तव्यको सुरुवातमै भावुक बने, ‘आफू हारेर मलाई विजय गराउन त्याग गर्नुभयोउहाँलाई म आभार प्रकट गर्दछु। बस्!’ लिङ्देनले थापाप्रति इंगित गर्दै बोलेका थिए। त्यति बोल्दाबोल्दै उनको गला रोकिएको थियो। लिङ्देनले आफूलाई सम्हाल्दै भने, ‘हामी हारेका छौंढलेका छैनौं।

कार्यक्रममा बोल्दै राप्रपाका अध्यक्ष कमल थापाले भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले अकल्पनीय र निराशाजनक हार ब्यहोर्नुपरेको बताए। पार्टी अध्यक्षको नाताले चुनाव हारको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष थापाले हारको कारणबारे अध्ययन भइरहेको बताए।

हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड मत प्राप्त गर्न नसक्नु दुःखद् भएको उनको भनाइ थियो। गठबन्धन र राष्ट्रिय राजनीतिका विषयमा केही नबोलेका थापाले अब राप्रपाले सडक र सदनमा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नेमात्रै बताए। उनले झापाबाट राजेन्द्र लिङ्देन विजयी बनेर पार्टीकै शाख जोगाएको विचार राखे।

यो पनि हेर्नुहोस्:

निर्वाचितपछि सांसदको मुहारमा खुसियाली (फोटो फिचर)

अमरेश सिंह निर्वाचित

उपप्रधानमन्त्री महरा दांङ २ बाट निर्वाचित

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?