जेनिशा ‘मिस थारु’, चन्दन ‘मिस्टर थारु’

जेनिशा ‘मिस थारु’, चन्दन ‘मिस्टर थारु’
+
-

काठमाडौं- मिस थारु को पहिलो उपाधि चितवनकी जेनिशा चौधरीले चुमेकी छिन्।

सोमबार राजधानीको राष्ट्रिय नाँचघर जमलमा आयोजित अन्तिम स्पर्धामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशाले उपाधि जितेकी हुन्।

उनलाई प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले ताज पहिर्‍याइ दिएकी थिइन्।

यस्तै फस्ट रनरअप बर्दियाकी सम्झना चौधरी र सेकेन्ड रनरअप एरिसा चौधरी भइन्। दुवै रनरअपलाई मिस नेपाल इन्टरनेशनल २०१६ की विजेता वर्षा लेखीले ताज पहिर्‍याइदिएकी थिइन्।

उपाधि जित्‍ने जेनिशाले विजेताले ५० हजार नगद पुरस्कार पाए भने फस्ट रनरअप सम्झनाले २० हजार र सेकेन्ड रनरअप एरिसाले १० हजार पुरस्कार पाइन्।त्यस्तै सोमबारै भएको मिस्टर थारुको उपाधि सप्तरीका चन्दन चौधरीले जितेका छन्।

उनले २० जना प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन्। उनीसँगै फस्ट रनरअप सुभम चौधरी र सेकेन्ड रनरअप प्रद्युमन चौधरी भए। विजेता चन्दनले पनि ५० हजार पुरस्कार पाए भने फर्स्ट र सेकेण्ड रनरअपले क्रमश २० र १० हजार रुपैयाँ पाए।

प्रतियोगितामा वेष्ट वाक आशिष महतो र सम्झना चौधरी, वेष्ट पोसाकमा महेश चौधरी र रिन्कु पन्जियार थारु, वेष्ट कल्चरल रिप्रिजेन्टमा अनुका चौधरी, पब्लिक च्वाइसमा शेखर चौधरी र वेष्ट ट्यालेन्टको उपाधि शुभम चौधरीले जित्‍न सफल भए।

प्रतियोगिताको आयोजना थारु अनलाइन मिडियाले गरेको थियो भने प्रतिस्पर्धीको कोरियोग्राफी निश्मा चौधरीले गरेकी थिइन्।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’