सन् २००८ मा माओवादी दल नेपालमा सबैभन्दा ठूलो दल बनेपछि चीन र चिनियाँ जनता निकै खुशी भए। माओको सिद्धान्त अंगीकार गर्ने दल पहिलोपटक चीनबाहिर सरकार बनाउन सफल भएको थियो। यद्यपि नेपालको माओवादी दलले चिनियाँ आकांक्षालाई निरन्तरता दिन सकेन।
चीन विश्वशक्तिको रूपमा उदाएको छ। उसकै छिमेकी देश नेपालमा भने चीनभन्दा पश्चिमा मुलुकहरूको प्रभाव देखिन्छ। चिनियाँ मोडेलको राजनीति किन विश्वव्यापी बन्न सक्दैन?
चीन विविधतापूर्ण मुलुक हो। त्यहाँ ५६ किसिमका समूह पूर्ण एकीकृत भएर बसेका छन्। चिनियाँहरू नेपाललाई निकै माया गर्छन्। अधिकांश चिनियाँ बौद्ध धर्मावलम्बी भएकाले उनीहरूले बुद्धको जन्मभूमि नेपाललाई निकै माया गर्छन्। यसै कारण चीनले नेपालसम्म रेल सेवा विस्तार गर्न चाहन्छ। ४० वर्षअगाडि नेपाल र चीनको अवस्था उस्तै थियो। सोही अवधिमा तिब्बत पनि नेपाल जस्तै थियो। हाल यसमा फरक आएको छ। अहिले तिब्बतको औसत आय नेपालको भन्दा १० गुणा बढी छ।
अधिकांश नेपालीले माओत्से चुङलाई चिन्छन्। उनीहरूले माओका कहानी र दर्शनका बारेमा प्रशस्त सुनेका छन्। यसै कारण पनि माओवादी दलसँगै गठबन्धन गरेका दलले ७० प्रतिशत मत ल्याएका छन्।
जब माओवादी विचारधारा मान्ने दल राजनीतिको मूल प्रवाहमा आयो, उनीहरू खराबमा परिवर्तन भए। उनीहरूले आफ्नो आदर्श र दर्शनलाई तीलाञ्जली दिए। अवसरका निम्ति पार्टीका सिद्धान्त बिर्से।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तामा आएपछि सबैका प्रिय बने। विस्तारै उनले जनमुक्ति सेना (माओवादी लडाकु) र कार्यकर्ताको विश्वास गुमाउँदै गए। विगत १० वर्षमा माओवादीका केही नेता धनी बन्न पुगे। देशको अवस्था भने उल्टो बन्न पुग्यो। यसबाट नेपाली जनता निराश बने। नेपालमा प्रजातन्त्र आयो तर त्यसले जनताको चाहना सम्बोधन गर्न सकेन।
जब माओवादी विचारधारा मान्ने दल राजनीतिको मूल प्रवाहमा आयो, उनीहरू खराबमा परिवर्तन भए। उनीहरूले आफ्नो आदर्श र दर्शनलाई तीलाञ्जली दिए। अवसरका निम्ति पार्टीका सिद्धान्त बिर्से।अतः हामीले देश विकास चाहन्छौं भने एउटा नौलो खालको वैज्ञानिक र सामाजिक क्रान्ति गर्नु जरुरी छ।
वर्तमान अवस्थामा नेपालको राजनीतिक अवस्था निकै अप्ठेरोमा छ। दलहरुसँग स्पष्ट राजनीतिक मार्गचित्र र आदर्शको अभाव छ। यद्यपि अझै उनीहरू आफूलाई राजनीतिक दलको रूपमा परिभाषित गर्न खोज्छन्। उनीहरू पश्चिमा आदर्शबाट प्रभावित गैरसरकारी संस्था जस्ता छन्। त्यसैले उनीहरूले राष्ट्रिय स्वार्थभन्दा निजी स्वार्थमा जोड दिए।
यसै कारण नेपाली जनताले हाम्रो दललाई निकै आशा र विश्वासका साथ हेरेका छन्। हामीले उनीहरूका चाहना र समस्या बुझेका छौं र तिनलाई समाधान गर्ने उपाय पनि जानेका छौं। हामीले उनीहरूको मन जित्नेछौं र उनीहरूलाई हाम्रो पार्टीमा गोलबद्ध गर्नेछौं।
हामीले सशस्त्र क्रान्तिको कुरा गरिरहेका छैनौं। नेपालमा बहुदलीय प्रणाली ठिक नभएकोमा हामी विश्वास गर्दछौं। यो प्रणाली कसरी असफल हुँदै छ भन्ने हामीले देखिरहेका छौं। अतः हामीले देश विकास चाहन्छौं भने एउटा नौलो खालको वैज्ञानिक र सामाजिक क्रान्ति गर्नु जरुरी छ।
(चिनियाँ समाचार संस्था सिन्ह्वासँग आबद्ध एसिया प्यासिफिक डेलीबाट अनूदित।)

भर्खरै
लोकप्रिय






































































































































































































