विर्तामोडमा चल्यो एस्काभेटर (फोटो फिचर)

विर्तामोडमा चल्यो  एस्काभेटर (फोटो फिचर)
+
-

विर्तामोड–झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा सडक अतिक्रमण गरि बनाइएका संरचना एस्काभेटर लगाएर भत्काउन थालिएको छ।

शुक्रबार विहानैदेखि सडक अतिक्रमण गरि बनाइएका संरचना भत्काउन थालिएको हो।

सडक डिभिजन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, उद्योग वाणिज्य संघ तथा विर्तामोड नगरपालिकाको संयुक्त प्रयासमा अवैध रुपमा खडा गरिएको घरटहरा लगायत भौतिक संरचना भत्काउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक याम खडकाले जानकारी दिए।

खडकाका अनुसार विर्तामोडको मुक्ति चोकलाई केन्द्र मानेर चारैतिरका अतिक्रमण गरेर बनाइएका संरचना भत्काइने छ। अतिक्रमण गरेर बनाइएका धेरैका पक्की घरहरुसमेत भत्किने भएका छन्।

चुनाब सकिए लगत्तै बिर्तामोड नगरपालिकाको क्षेत्र भित्र रहेको पूर्ब पश्चिम राजमार्ग र बिर्तामोडदेखि भद्रपुर जाने सडक अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन थालिएको हो।

यसका लागि केही दिन अघि सडक डिभिजन कार्यालय दमकले बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिकालाई पत्र लेखी सडक चौडा गर्ने कार्यमा सहयोग गर्न आग्रह गरेको थियो। त्यसैको आधारमा अतिक्रमित संरचना भत्काउन थालिएको विर्तामोड नगरपालिका कार्यालय जनाएको छ।

बिर्तामोडको बडा नं ३ र ४ मा पर्ने भद्रपुरतर्फ जाने सडकमा तीब्र अतिक्रमण रहेको छ भने भद्रपुर तथा चन्द्रगढी बजारमा समेत समस्या रहेको छ।

सडक अतिक्रमण गरेर बनाइएका संरचना आफैं भत्काइदिन विहिबारसम्म गरेको आग्रह नटेरेपछि शुक्रबारदेखि एस्काभेटर प्रयोग गरेर भत्काउने थालिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?