फारवेस्ट पशुपति कपका विजयी खेलाडीलाई सम्मानसहित बिदाइ

फारवेस्ट पशुपति कपका विजयी खेलाडीलाई सम्मानसहित बिदाइ
+
-

धनगढी-धनगढीमा सम्पन्न फारवेस्ट पशुपति कपको उपाधि जित्ने टोलीको धनगढीमा सम्मान तथा बिदाइ गरिएको छ। आयोजक फारवेस्ट पशुपति युवा क्लवले धनगढीमा एक कार्यक्रम आयोजना गर्दै तेस्रो संस्करणको विजेता बनेको आयोजक टोलीका खेलाडीहरुलाई सम्मान तथा बिदाइ गरेको हो।

टोलीमा रहेका धेरै खेलाडी धनगढीभन्दा बाहिरका रहेका र तीन विदेशी खेलाडी पनि भएकोले च्याम्पियन टिमलाई सम्मानसहित बिदाइ गरिएको हो। फारवेस्ट पशुपति युवा क्लवका अध्यक्ष खेम रावत, महासचिव हरि बोहरा, सचिव ललित मिश्र, कोषाध्यक्ष दिपेश खड्का सहितका पदाधिकारीहरुले खेलाडीलाई दोसल्ला ओडाएर सम्मान तथा बिदाइ गरेका हुन्।

लगातार तीन वर्षसम्म फाइनलमा पुगेको आयोजक फारवेस्ट पशुपति तेस्रोपटक फाइनल पुग्दा च्याम्पियन बनेको हो। शनिबार धनगढी रंगशालामा भएको फाइनलमा आयोजक फारवेस्ट पशुपति युवा क्लव पिएफए अत्तरियालाई ट्राईब्रेकरमा ४–३ ले हराउँदै च्याम्पियन बनेको हो।

यो पनि हेर्नुहोस्:

फारवेस्ट पशुपति कपको उपाधि आयोजकै पोल्टामा

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?