राजश्‍व संकलनको लक्ष्य पूरा नहुने संकेत

राजश्‍व संकलनको लक्ष्य पूरा नहुने संकेत
+
-

काँकरभिट्टा-एक बर्षमा तीन अर्ब रुपैयाँ बढाएर राजश्‍व संकलनको लक्ष्य दिएका कारण लक्ष्य अनुसारको राजश्‍व संकलन असम्भव देखिएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ।

भन्सार विभागले चालु आर्थिक बर्षका लागि ९ अर्ब २१ करोड ९१ लाख ३८ हजार रुपैयाँ राजश्‍व संकलनको लक्ष्य दिएको छ। गत आर्थिक बर्ष २०७३/ ०७४ का लागि मेची भन्सार कार्यालयलाई ६ अर्ब १८ करोड रुपैयाँ राजश्‍व उठाउने लक्ष्य विभागले दिएको थियो।

गत बर्षको लक्ष्य पूरा गरे पनि चालू बर्षका लागि राजश्‍व संकलन अत्याधिक भएकाले अहिलेसम्मको राजश्‍व संकलनको हिसाब पूरा हुने अवस्था नरहेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए ।

एकै बर्षमा तीन अर्ब भन्दा बढी लक्ष्य दिएकाले लक्ष्य अनुसारको राजश्‍व संकलन मुश्किल भएको अर्यालको भनाइ छ।

उनले भने, ‘एक बर्ष अघि अन्य नाकाहरु असहज हुँदा यहाँको नाकामार्फत हुने व्यापार बढेको थियो। तर अहिले आएर सबै नाका सहज भएकाले यहाँको नाकामा पनि व्यापार घटेको छ। त्यसैले विभागले दिएको लक्ष्य पूरा हुने संभावना छैन ।’

प्रमुख भन्सार अधिकृत अर्यालका अनुसार यस बर्ष करीब एक अर्ब रुपैयाँ लक्ष्य अनुसारको राजश्‍व नपुग्‍ने अनुमान छ।

उनले मेची भन्सार कार्यालयबाट करीब ६ अर्ब ५० करोड भन्दा माथि राजश्‍व उठेको इतिहास नै नभएको बताए।

एकै बर्षमा ४९ प्रतिशत राजश्‍व वृद्धि लक्ष्य दिएकाले सोही अनुसारको संकलन हुन नसक्ने उनको भनाइ छ।

मेची भन्सार कार्यालयमार्फत नेपाल आयात गरिने वस्तुहरुमा कोइला, क्लिङकर, पेट्रोलियम पदार्थ मुख्य हुन्। तर ति सामानको आयातको मात्रा बढेको देखिँदैन।

चालू आर्थिक बर्षको विगत पाँच महिनाको तथ्यांक हेर्दा पनि कुनै पनि महिना राजश्‍व संकलन लक्ष्य पूरा भएको छैन।

साउनदेखि मंसिर महिनासम्म आइपुग्दा लक्ष्यको ८५ प्रतिशत मात्र पूरा भएको भन्सारका अधिकारीहरुले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?