राष्ट्रियसभा निर्वाचन मिति विहीबार तोकिने

राष्ट्रियसभा निर्वाचन मिति विहीबार तोकिने
+
-

काठमाडौ-पाँच राष्ट्रिय दलहरुको सामूहिक बैठकद्धारा पर्सी बिहीबार राष्ट्रियसभाको निर्वाचन मिति तोकिने भएको छ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको बैठकमा पर्सी सर्वदलीय बैठकद्धारा राष्ट्रिय सभा निर्वाचन मिति निर्धारण गर्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले  देशसञ्‍चारलाई जानकारी दिए।

यसअघि निर्वाचन आयोगले आगामी माघ २५ गतेसम्म राष्ट्रियसभा निर्वाचन सम्पन्‍न गर्न सरकारसँग आग्रह गरेको थियो। माघ २५ वा त्यसपछिको मितिमा निर्वाचन गर्नेबारे राष्ट्रिय दलहरुको सहमतिबाट निर्धारण हुने दुई नेताबीच सहमति भएको परियारले  बताए।

दुई नेताबीच प्रदेश प्रमुखको नियुक्तिबारे पनि छलफल भएको थियो। प्रचण्डले उनीहरुको नियुक्ति राजनीतिक सहमतिमै गर्नु उपयुक्त हुने देउवालाई सुझाव दिएका थिए। पर्सीको बैठकमा यो विषय पनि आउने बुझिएको छ।

यो पनि हेर्नुहोस्: 

राष्ट्रियसभा निर्वाचन मिति घोषणा चाँडै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?