रोकियो बहुमूल्य पत्थरको अवैध निकासी

रोकियो बहुमूल्य  पत्थरको अवैध निकासी
+
-

सुर्खेत –  प्रदेश नम्बर ६ का विभिन्न जिल्लाहरुमा पाइने बहुमूल्य रत्न पत्थरको अवैध निकासी रोकिएको छ।विश्वकै उच्च गुणस्तरीय प्रमाणित भएको काइनाइट र टुर्मालिन नामक बहुमूल्य पत्थर विगतका वर्षहरुमा बाह्य मुलुकमा समेत निर्यात हुँदै आएको थियो।

नेपालगञ्जको जमुनाहबाट खुल्ला सीमानाका कारण यहाँको बहुमूल्य पत्थर भारतलगायतका देशहरुमा अवैध निकासी हुँदै आएको थियो।

तर, घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतले एक वर्षयता रत्न पत्थर प्रशोधन केन्द्रबाटै पत्थरको प्रशोधन एवम् आकर्षक सामग्री उत्पादन थालेपछि कच्चा पदार्थको निकासी रोकिएको हो।

जाजरकोट र कालिकोटमा पाइने यी पत्थरबाट पोते र माला लगायतका गरगहना तथा आकर्षक सामग्री उत्पादन गर्न सकिन्छ। अवैध रुपमा हुने निकासी रोकिएसँगै बहुमूल्य पत्थरबाट उत्पादित सामग्रीको माग तेस्रो मुलुकमा बढ्दो रहेको बताइएको छ। यसले प्रदेश नम्बर ६ लाई आर्थिक र औद्योगिक रूपमा सवल बनाउनसमेत सहयोग पुग्ने अपेक्षा कार्यालयले गरेको छ।

आर्थिक रूपमा विपन्न र गरिब मानिएको यस प्रदेशलाई सम्पन्न प्रदेश बनाउने एक आधार भनेको औद्योगिक विकास भएको घरेलु तथा साना उद्योग विकास समितिका निर्देशक शम्भुप्रसाद पौडेलले बताए।

‘विगतका वर्षहरूमा यहाँका बहुमूल्य कच्चा पदार्थ भारततर्फ जान्थ्यो’, निर्देशक पौडेलले भने, ‘अब हामी सुर्खेतबाटै बहुमुल्य सामग्री उत्पादन गर्नेछौं, यसले कच्चा पदार्थ बाहिर जानेछैन। स्वदेशमै आर्थिक आर्जन हुनेभयो, यहाँका मान्छेहरू रोजगार हुनेछन्।’

अब यहाँ उत्पादन भएका सामग्रीहरू काठमाडौंको ठमेल, पोखरा लगायतका नेपाली बजारमा निर्यात हुनेछन्। यस्तै हङकङ, थाइल्याण्ड लगायतका मूलुकहरूमा समेत बहुमूल्य पत्थरबाट उत्पादन हुने सामग्रीको माग भइरहेको बताइएको छ।

अबका दिनमा सुर्खेतबाट विश्वबजारको मागलाई धान्नेगरी आकर्षक सामग्री उत्पादन गर्न सकिने उनले बताए।

बहुमूल्य पत्थर प्रशोधन तथा सामग्री उत्पादनका लागि प्रदेशस्तरमा पहिलोपटक थालिएको हो। भारतको जयपुरबाट ल्याइएका आवश्यक मेसिन सञ्चालन आएसँगै दक्ष कालिगढ उत्पादनमासमेत सहयोग पुगेको छ। ‘रत्न पत्थर लगायतका विश्वकै उच्चस्तरको पत्थर पाइने ६ नम्बर प्रदेशमा प्रशोधनका लागि व्यवस्था नहुँदा बहुमुल्य सामग्रीहरू उत्पादन हुन सकेका थिएन,’ निर्देशक पौडेलले भने।

घरेलु तथा साना उद्योग विकास समिति सुर्खेत अन्तर्गत पत्थरको कटिङ, लेबलिङको लागि ल्याइएको ‘विट्स क्यालीब्रेसन’ र ‘विट्स प्री फर्मिङ’ मेसिन प्रयोगमा ल्याइएको बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?