राजधानी माग्दै जुम्लामा निकालियो राँके जुलुस

राजधानी माग्दै जुम्लामा निकालियो राँके जुलुस
+
-

सुर्खेत- देशभर प्रदेशको राजधानी माग्दै आन्दोलन भइरहेका बेला जुम्लामा पनि प्रदेश नम्बर ६ को राजधानी माग्दै राँकेजुलुस निकालिएको छ।

जुम्लालाई राजधानी बनाउन माग राख्दै नागरिक संघर्ष समितिले विहीबारदेखि आन्दोलन थालेसँगै दोस्रो दिन आज (शुक्रबार) राँके जुलुस निकालिएको हो।

पत्रकार महासंघ शाखा जुम्लाको भवनअगाडिबाट निकाएको राँके जुलुस जिल्ला प्रशासन कार्यालय हुँदै बजार परिक्रमापछि उच्च अदालत सुर्खेत इजलास जुम्लाको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै संघीय समाजवादी फोरम नेपालका बलिराज शाहीले कर्णालीमा भौतिक संरचनाको अभाव देखाउँदै सरकारले अस्थायी राजधानी सुर्खेतमा तोकेर गल्ती गरेको उल्लेख गरे।

कर्णालीमा थुप्रै सम्भावना भएको भन्दै उनले सरकारलाई तत्काल प्रस्तावका लागि तयार पारिएको खाका सच्याउन आग्रह गरे। यदि माग पूरा नभए सडकदेखि सदन तताउने उनले चेतावनी दिए ।

पहिचान र सामर्थ्यले भरिपूर्ण कर्णालीलाई ६ नम्बर प्रदेशको राजधानी बनाउन भएको सरकारले आनाकानी गरेको कर्णालीबासीको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?