कांग्रेसले बिर्सेकै हो तुर्सा हेमरमलाई?

कांग्रेसले बिर्सेकै हो तुर्सा हेमरमलाई?
+
-

विर्तामोड– कानुन व्यवसायी लीला उदासी खनालले ‘इमानका प्रतिक तुर्सा हेमरम’ शीर्षकमा लेखेको सामग्रीमा उल्लेख गरेका छन्, ‘झट्ट हेर्दा अति सरल लाग्ने, दुब्लो­पातलो, कालो रंगको, उहाँ गाँउ–घरबाटै आएको जस्तो भान हुने, नचिन्नेले आवरण र आकृतिमात्र हेरेर उहाँसँग जे क्षमता छ, त्यो थाहै नपाउने तथा अनुमानसमेत गर्न नसक्ने – तर नेपालका राजनीतिक हस्तीहरूले संगत गरेका, विश्वेश्वरप्रसाद कोइरालाले पत्याएका, सीके प्रसाईजस्ता नेताहरूले सम्मान गरेका, फलामे दृढता भएका, पञ्चायतले कुनै मूल्यमा गलाउन नसकेका, बर्षौँ जेलको कहर काटेका, जेलभित्र पनि फलामे सिक्रीले बाँधिएका, सिद्धान्त विचलनप्रति टसमस नहुने, सुख सुविधा राम्रो खान – पान नखोज्ने, ऐस आराम नरोज्ने यस्तै यस्तै कुराहरू, स्वभावहरू मिसिएका मान्छेको नाम ‘तुर्सा हेमरम’ हो।’

तिनै तुर्सा हेमरमको अर्धकदको शालिक विहीबार अनावरण गरिएको छ । झापाको कन्काई नगरपालिका १ मा प्रजातान्त्रिक योद्धा हेमरमको शालिक नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अनावरण गरे।

उनले शालिक अनावरणपछि भनेका थिए, ‘तुर्साले राजनीतिलाई शुद्ध बनाउन आफ्नो समय खर्च गरे, उनको यो योगदानलाई उच्च मूल्यांकन गर्नसक्नु पर्छ।’

तुर्साले विश्वेश्वरप्रसाद कोइरालाको संगत पाए। उनका प्रिय पात्र पनि बने। तर पछिल्लो समयमा तुर्साको योगदानलाई नेपाली कांग्रेसले वास्ता नगरेको धेरै कांग्रेसीको समेत गुनासो छ। तुर्सा हेमरम स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका कांग्रेस नेता गोपालकुमार बस्नेत भन्छन्, ‘तुर्सालाई पार्टीले थोरै हेर्‍यो। तर सरकारले भने पटक्कै हेरेन।’

तुर्सा दिवंगत भएको दिन तत्कालीन नेपाली कांग्रेसको सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मलामी आएको स्मरण बस्नेतले गरे। २०५४ साल पुस २० गते तुर्साको निधन भएको थियो।

तुर्सालाई नजिकबाट चिन्ने कानुन व्यवसायी उदासी भन्छन्, ‘यसै त जस्तो दिन ल्याउन तुर्सा हेमरम बलिदान हुन तयार हुनुभएको थियो, त्यो दिन आएपछि तुर्सा हेमरमसमेतको वलिदानको बाली खाँदै गरेका कांग्रेसीहरूले तुर्सालाई गनेनन्। तुर्साले त्यस्तो नगन्नुको पीडा पनि महसुस गर्नुभएन। तुर्सा सँधै कर्तव्य पूरा गर्न हिँडिरहनुहुन्थ्यो। उहाँ प्रतिफलको आशा नगरी निरन्तर हिँडिरहने पथिक। निरन्तर हिँड्दै रहने, हिँड्दै रहने। जीवन पर्यन्त तुर्सा हिँडिरहनुभयो। सिद्धान्तका लागि, आदर्शका लागि उहाँको यात्रा अविरल रह्यो।’

धेरैले कांग्रेसको प्रजातान्त्रको नारामा तुर्साको आत्मा छ भन्ने गरेका छन्। २०१५ सालको चुनावमा पूर्वी तराईका सन्थाल समुदायलाई प्रभावमा पारेर तुर्साले नेपाली कांग्रेसलाई मत दिलाएको कुरा सानोतिनो होइन पनि कांग्रेस कार्यकर्ताले भन्ने गरेका छन्। सन्थाल समुदायका एक प्रजातान्त्रिक योद्धा तुर्साले त्यति पढेका थिएनन्।

तुर्सा हेमरम स्मृति प्रतिष्ठानका अध्यक्ष बस्नेत भन्छन्, ‘तर उनीमा प्रजातन्त्रको दृढ संकल्प भने अकाट्य थियो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?