
काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार पनि भेट हुन सकेन। केही दिनदेखि अस्वस्थ रहेका ओलीसँग उनको निवासमा दुई वाम नेताको भेट हुने अड्कलबाजी भइरहेका बेला दाहालको भरतपुर-काठमाडौ उडान रद्द भएका कारण भेट हुन नसकेको जानकार स्रोतले देशसञ्चारलाई बतायो।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार भोलि हुने पार्टी एकता समायोजन समितिको बैठकपूर्व दाहाल र ओलीबीच भेटवार्ता तय गरिएको छ।
दाहालसँगको भेटको तयारी स्वरुप ओलीले शारीरिक कमजोरीका बाबजुद माधव नेपाल लगायत आफ्नो पार्टीका वरिष्ठ नेताहरुसँग पार्टी एकता र सरकार गठनबारे परामर्श लिइरहेको बुझिएको छ।
यसैबीच स्वास्थ्य परीक्षणका लागि ओली आगामी बुधबार बैंकक गएर चिकित्सकले अन्यथा सल्लाह नदिएमा आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको ओली निकट सूत्रले दिएको छ।
यो पनि हेर्नुहोस्: