विकास र समृद्धिका लागि वाम गठबन्धन सरकार-अधिकारी

विकास र समृद्धिका लागि वाम गठबन्धन सरकार-अधिकारी
+
-

पोखरा-प्रतिनिधिसभाका सदस्य रविन्द्र अधिकारीले वाम गठबन्धनले विकास र समृद्धिका लागि पाँच वर्षसम्‍म सरकार चलाउन जनादेश प्राप्त गरेको बताएका छन्।

पोखरा लेखनाथ महानगरपालिकाको वडा नं . ७ र १५ लाई जोड्ने चोरसाँघुमा सेती नदी माथि बनेको पक्की पुलको उद्घाटनपछि बोल्‍दै भने, ‘पाँच वर्ष सरकार चलाउन जनादेश प्राप्त गरेकोले अब विकास र समृद्धिको युगको सुरुवात भएको छ। अब राम्रो काम नगरे जनताले हराउनु पर्छ। ‘

उनले स्थानीय स्तरमा विकास र समृद्धिको आवश्‍यकता भएकाले सबै मिलेर समृद्धिको सपना पूरा गर्नु पर्नेमा जोड दिए।

यस्तै प्रदेशसभाका सदस्य कृष्ण थापाले राजनैतिक क्रान्ति सकिएकोले अब नेपाली जनतालाई सुख र शान्ति दिन सबै जनप्रतिनिधिले समृद्धिको बाटोमा अगाडि बढ्नु पर्नेमा जोड दिए।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र जिल्ला समन्वय समितिको कूल रु .एक करोड ६० लाख ८९ हजार ८ सय ५६ रुपैयाको लागतमा सो पक्की पुल निर्माण गरिएको हो।

२९ .९ मिटर लम्वाई र सात मिटर चौडाई रहेको सो पुल निर्माणमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको ७० प्रतिशत र जिल्ला समन्वय समितिको ३० प्रतिशत खर्च भएको थियो।

पुल निर्माणसँगै महानगरपालिकाको वडा नं . ७,९,१४,१५ र १७ का स्थानीय जनतालाई आवागमनमा सुविधा पुगेको छ।

यो पनी हेर्नुहोस्: 

गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय-बिजुक्छे

‘तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य गर्न वाम एकता’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?