एकताको खाकामा सहमति खोज्न समायोजन समितिले लियो गति

एकताको खाकामा सहमति खोज्न समायोजन समितिले लियो गति
+
-

काठमाडौँ- वाम एकताको खाका निर्माणमा सहमति खोज्न समायोजन समितिले मंगलबारबाट गति लिएको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बैंकक जानु भन्दा एक दिन पहिले वाम एकताको खाका निर्माणमा सहमति खोज्न पहिलो एकता समायोजना समितिको बैठक सुरु भएको छ।

ओली निवास बालकोटमा केहीबेर अघि सुरु बैठकमा एमालेका तर्फबाट अध्यक्ष ओली सहित झलनाथ खनाल, बामदेव गौतम, माधव नेपाल, ईश्वर पोखरेल र माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल,नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘वादल’ सामेल छन्।

बैठकमा एकीकृत पार्टीका अध्यक्ष र सरकार प्रमुख छनौट, सत्ता साझेदारीका सर्त, एकिकृत पार्टीका सिद्धान्त र संरचना लगायतका एजेण्डामा छलपफल सुरु भएको माओवादीका नेता प्रकाशले देशसञ्चारसँग बताए। ओली र दाहालबीच तय भएअनुसार मंगलबार संमायोजन समितिको बैठक आह्वान गरिएको हो।

निर्वाचनपछि पार्टी एकता र सरकार गठनसँगसँगै जाने घोषण गरेका यी दुई दलको एकीकरण आआफ्नै अडानका कारण सुस्त बनेको छ।

वाम एकताका क्रममा केपी ओली प्रधानमन्त्री भएमा एकीकृत पार्टीको अध्यक्ष दाहाल हुनुपर्ने पूर्व अडानबाट माओवादी पछि नहट्ने देखिएको छ।

उसले ‘सम्मानजनक एकता’ हुनुपर्ने अडान नै दोहोर्‍याउने रणनीति बनाएको छ।

तर एमालेले भने प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष एउटै हुनु पर्ने सर्त अघि सारेका कारण वाम एकता लम्बिएको छ।

पार्टी एकीकरणका लागि गठन भएको एकता संयोजन समितिको बैठक लामो समयसम्म पनि नबोलाइएकोमा दुवै दलका नेताहरुले असन्तुष्टि व्यक्त गर्दै आएका थिए।

यो पनि हेर्नुहोस्…

गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय-बिजुक्छे

पार्टी एकताको सर्त तय भइसकेको छैन: दाहाल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?