स्थानीय तहबाटै सेवा प्रवाह, जिल्ला कार्यालयमा चहल-पहल शून्य

स्थानीय तहबाटै सेवा प्रवाह, जिल्ला कार्यालयमा चहल-पहल शून्य
+
-

सुर्खेत-कुनैबेला निकै भिडभाड हुने जिल्ला पशुसेवा कार्यालयमा चहल-पहल घटेको छ। वीरेन्द्रनगरमा रहेको यो कार्यालयमा सेवाग्राही आउन छोडेका छन्।

कार्यालयका कर्मचारी पनि गाउँ पसेका छन् । सात महिना यता यो कार्यालय सुनसान जस्तै छ । कारण यो कार्यालयबाट प्रवाह हुने सेवा र सुविधाहरू अहिले स्थानीय तहबाटै उपलब्ध हुन थालेका छन्।

सेवाग्राहीको चापका कारण सधैं भीडभाड भइरहने जिल्ला समन्वय समितिको कार्यालयमा पनि चहलपहल शून्य जस्तै बनेको छ।

कार्यालयका कर्मचारीहरू पनि गाउँपालिका र नगरपालिकामा समायोजन भएर काजमा छन्। यो कार्यालयबाट प्राप्त हुने सेवा गाउँमै उपलब्ध हुन थालेपपछि सेवाग्राही आउन छोडेका हुन्।

सेवाग्राही नै आउन छोडेपछि यो कार्यालयमा पनि चाप घटेको हो । जिल्ला कृषि विकास कार्यालयमा पनि चहलपहल पहिलाको जस्तो छैन । कर्मचारीहरू स्थानीय तहमा समायोजन भएका छन् भने यहाँबाट पाइने सेवा स्थानीय तहमै पाइन थालेको छ।

सरकारी कार्यालयबाट प्रदान हुने सेवा तथा सुविधाहरू विकेन्द्रीकरण भएपछि जिल्लास्तरका कार्यालयमा चहलपहल एकाएक घटेको हो । स्थानीय तहको गठनसँगै जिल्ला कार्यालयमा केन्द्रित सेवाहरू तल्लो तहमा स्थानान्तरण हुँदै गएका छन् ।

महिला तथा बालबालिका कार्यालयको सेवा र सुविधा पनि स्थानीय तहमै दिने तयारी थालेको छ । यसअघि जिल्ला कार्यालयमै आउन बाध्य सर्वसाधारणहरूको काम हिजोआज गाउँपालिका र नगरपालिकाबाटै उपलब्ध हुन थालेको छ ।

यसका लागि यो कार्यालयका कर्मचारीहरू पनि स्थानीय तहमा पुगेका छन् । सेवा र सुविधा तल्लो तहमा हस्तान्तरण भएको र कर्मचारीहरू पनि समायोजनमा गएपछि वीरेन्द्रनगरमा रहेका जिल्ला कार्यालयहरूमा कामको चाप घटेको हो।

‘पहिलाको जस्तो सेवाग्राहीको भीडभाड छैन, अचेल त कार्यालय लगभग सुनसान नै छ’ जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक नारायण न्यौपानेले भने, ‘जिल्लामा आउने पशुपालक कृषकहरू अहिले स्थानीय तहमै जान थालेका छन्, सबै काम त्यहींबाट हुने भएकाले यहाँ आउनुपर्ने बाध्यता नै टरेको छ।’

कार्यालयमा हिजोआज ओजीटी गरिरहेका विद्यार्थी मात्र देखिन्छन्। फाटफूट रूपमा सेवाग्राही आएपनि आवश्यक औषधि र प्राविधिक भने जिल्ला कार्यालयमा कमै भेटिन्छन् ।

‘पशु सेवाका सबै काम नगरपालिका र गाउँपालिकाबाटै सुरु भइसकेका छन्’ न्यौपानेले भने, ‘बजेट पनि उतै गएको छ, अब त नीति तथा कार्यक्रम पनि त्यहीं बनेका छन् । हाम्रा कर्मचारी पनि त्यतै पठाइसक्यौं, जिल्ला कार्यालय त अब नाम मात्रका हुँदैछन्।’

कर्मचारी र सेवा स्थानीय तहमा स्थानान्तरण भए पनि नीति तथा कार्यक्रम अनुसारका योजनाहरू कार्यान्वयनमा आउनेमा जिल्ला कार्यालयका कर्मचारीहरूमा आशंका कायमै छ । जिल्लामा कामको चाप घट्दै जाँदा स्थानीय तहमा भने काम गर्न समस्या भइरहेको कर्मचारीहरूले गुनासो गर्न थालेका छन्।

सेवा र कर्मचारी पुगे पनि स्थानीय तहमा भवन, सवारी साधन र अन्य सामग्रीको अभाव कायमै छ । स्थानीय तहमा विषयगत कार्यालय अहिले पनि भौतिक संरचनाहरूको अभावले भाडामा सञ्चालित छन्। ‘कर्मचारीलाई बस्ने ठाउँ नै छैन, कतै ठूला सरकारी भवन रित्ता छन्,’ एक कर्मचारीले भने, ‘भौतिक संरचना नहुँदासम्म कर्मचारी समायोजन गरिए पनि सम्बन्धित कार्यालयमा बस्‍न सकिदैंन् ।’

अहिलेसम्म पशु, कृषि, शिक्षा, वन, सहकारी, जिल्ला समन्वय समिति, हुलाक र स्वास्थ्य सेवाका कर्मचारी मात्रै स्थानीय तहमा समायोजन भएका छन् । तर, गाउँ/नगर सभाबाट पारित भएका योजना अनुसार कार्यक्रम सुरु नहुँदा कर्मचारी भने अलमलमै छन् । कर्मचारी समायोजन समितिले पहिलो चरणका लागि काम चलाउसबै स्थानीय तहमा कर्मचारी पठाइ सकिएको बताउँदै आएको छ । तर, जनप्रतिनिधिहरूले भने आवश्यक प्राविधिक नहुुँदा समस्या भएको बताएका छन्।

जिल्लामा विषयगत कार्यालय सुनसान भएपनि स्थानीय तहमा भने चहलपहल बढ्न थालेको छ । गाउँपालिका र नगरपालिका कार्यालयमा सेवाग्राहीको उपस्थिति बाक्लिएको छ।

सबै काम स्थानीय तहबाटै हुने भएपछि वडादेखि गाउँ र नगरपालिकासम्म भिडभाड हुन थालेको कर्मचारीहरूले बताएका छन् । वडा तहदेखि नै सेवाग्राहीको भीडभाड बढे पनि आवश्यकता अनुसार कर्मचारीको व्यवस्थापन भने हुन सकेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?