गण्डकी अञ्चलभरी सार्वजनिक यातायात ठप्प

गण्डकी अञ्चलभरी सार्वजनिक यातायात ठप्प
+
-

पोखरा-ट्याक्सी व्‍यावसायीको आन्दोलनलाई साथ दिदै यातायात व्‍यावसायीहरुले विहीबार गण्डकी अञ्चलभरी कालो प्लेटका गाडी ठप्प पारेका छन्।

मनभरी भाडा लिएको भन्दै मंगलबार १७ जना ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेपछि ट्याक्सी व्‍यावसायी आन्दोलनमा उत्रिएका थिए । आन्दोलनलाई साथ दिदै पृथ्वीराजमार्ग अन्तर्गत विभिन्न आठ वटा यातायात सम्बद्ध संस्थाहरुले सार्वजनिक यातायात नचलाएर विरोधमा उत्रेका हुन्।

प्रहरीले गरिखाने नदिएको र व्‍यावसायिमाथि प्रहरीको हस्तक्षेप बढेको भन्दै व्‍यावसायीहरुले बिहीबार गाडी बन्द गर्ने निर्णय गरेको बताएका छन्। ट्याक्सी व्‍यावसायी समितिका अध्यक्ष प्रकाशमणि तिवारीले आफुहरु माथिको ज्यादति बढि भएकाले गाडि थन्क्याउने निर्णय गरेको बताए।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिले मातहतका गाडी नचलाउने निर्णय गरेको महासचिव योगेन्द्र केसीले जानकारी दिए। उनले पृथ्वी राजमार्ग अन्तर्गत आठ वटा यातायात व्‍यावसायी संघ भएको र सबैले समर्थन गरेर गाडि नचलाएको बताए।

गण्डकी अञ्‍चलभर कुनैपनि सार्वजनिक गाडी सञ्चालन नगर्ने नेपाल यातायात व्‍यावसायी राष्ट्रिय महासंघले जनाएको छ।

 

यो पनि पढ्नुहोस्…

सहकर्मी रिहाइको माग गर्दै ट्याक्सी व्‍यावसायी आन्दोलनमा

जब एसपी सिंहले फिल्मी शैलीमा ट्याक्सी नै उचालेर सडकबाट हटाए

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?