किन घुम्दैछन् भारतीय राजदूत पूर्वी सीमा?

किन घुम्दैछन् भारतीय राजदूत पूर्वी सीमा?
+
-

विर्तामोड- नेपालका लागि भारतीय राजदूत मञ्‍जिवसिंह पुरी शुक्रबारदेखि पूर्वी सीमा नाकाहरुको भ्रमणमा निस्केका छन्। हिजो मेची भन्सार कार्यालय काँकरभिट्टामा आयोजित कार्यक्रममा व्यवसायीहरुसंग उनले अन्तरक्रिया गरेका छन्।

पूर्वी नेपाल र भारतविचका सीमा नाकाहरुमा दुई देशविचका व्यापारमा देखिएका समस्याका बारेमा राजदूत पुरीले जिज्ञासा राखेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेले बताए।

पाण्डेले भने, ‘हामीले भारततिर मालबाहक सवारी साधनको पार्किङको दुरावस्थाका बारेमा जानकारी गरायौं। जुन हामीले पहिलादेखि नै भन्दै आएका छौं कि त्यहाँ पार्किङको समस्या छ भनेर।’

उनका अनुसार मेची पुलको अवस्थाका बारेमा पनि नेपाली व्यवसायीहरुले कुरा राखेका थिए । उनीहरुले नयाँ मेची पुल चाँडो नबने पूर्वी नेपालबाट हुने नेपाल भारतको व्यापार कुनै दिन अकास्मात बन्द हुनसक्ने बताएका थिए ।

नेपाली व्यवसायीका कुरा सुनेपछि भारतीय राजदूत पुरीले समस्या समाधानका लागि आफू प्रयासरत रहेको बताएका थिए । राजदूत पुरी आज इलामको पशुपतिनगर नाका जाने बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?