पूर्वराजाको स्वागतमा ६ सय ५१ जनाको समिति

पूर्वराजाको स्वागतमा ६ सय ५१ जनाको समिति
+
-

सुर्खेत– पश्चिम नेपालको भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार सुर्खेत आउने भएका छन्।

सुर्खेतको प्रशिद्ध तिर्थस्थल देउती बज्यैको दर्शन एवम् पूजाअर्चना गर्न राजा माघ तीन गते (बुधबार) सुर्खेत आउने भएका हुन्।

राजा सुर्खेत आउने भएपछि स्वागतका लागि ६ सय ५१ सदस्यीय स्वागत समिति समेत गठन गरिएको छ।

पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव स्वागत समिति सुर्खेतले स्वागतका लागि देउती बज्यैतर्फ जाने मूल गेट पिपिरा चोकबाट मन्दिरद्वारसम्म फूलमाला लिई उपस्थितका लागि आमनागरिकहरुलाई आग्रह गरेको छ।

स्वागत समितिका मूल संयोजक बलभद्र भारतीले आइतबार विज्ञप्ति जारी गर्दै राजा सुर्खेत आउने जानकारी दिए।

स्वागत समितिमा पूर्वराष्ट्रिय पञ्चायत सदस्य घनश्याम गिरी, पूर्वजिल्ला विकास समितिका सभापतिहरु मोतिप्रसाद सापकोटा, ओमबहादुर जिसी, वसन्त थापा, उपसभापति तुलाराम गिरी, वीरेन्द्रनगर नगरपालिकाका पूर्वमेयर मुकुन्दश्याम गिरी र पूर्वप्रधानपञ्च मानबहादुर खड्कासमेत छन्।

राजतन्त्र अन्त्यपछि पहिलो पटक राजा सुर्खेत आउने भएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?