८ मोटरसाइकल चोर समातिए

८ मोटरसाइकल चोर समातिए
+
-
विर्तामोड – इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरी मोटरसाइकलसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।
९ वटा मोटरसाईकल सहित ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।
पछिल्लो समय मोटरसाईकल चोरीका घटनाहरु बढेपछि जिल्ला प्रहरी कार्यालयको टोलीसँग सहकार्य गर्दै अनुसन्धान तीव्र पारेर चोरीका मोटरसाइकलसहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–६ का सुदिप रिजाल, बिर्तामोड–१० का विरेन्द्र लिम्बू, कचनकवल गाउँपालिका–२ का सञ्जोग लिम्बू, कन्काई नगरपालिका–२ काविशाल पुरी, सोही स्थानका अभिषेक मगर, बिर्तामोड–२ का हरि न्यौपाने, अर्जुनधारा नगरपालिका–२ का ओम प्रकाश सेन्चुरी र भद्रपुर नगरपालिका–२ का युवराज राई छन्।
नियन्त्रणमा लिइएको ९ वटा मोटरसाइकलमध्ये ६ वटाको प्रमाणीकरण भइसकेको डिएसपीले बताए।प्रमाणीकरण गरिएको ६ वटा मोटरसाइकलमध्ये २ वटा बुलेट, एउटा ड्युक र ३ वटा पल्सर छन्।
‘यी कुनै पनि मोटरसाईकलहरु नेपालबाट चोरी भएको होइन,’ डिएसपीले भने, ‘भन्सार छली गरेर नेपालमा बिक्री गरी नेपाली नम्बर प्लेट राखेर चलाइएको हो।’
मोटरसाइकल चोरी गर्ने दुईवटा समूह रहेको प्रहरीको दाबी छ।
एउटा समूह नेपालबाट चोरिएको मोटरसाइकल भारततर्फ पठाउने वा प्रहरीको पहुँच कमजोर भएको ठाउँतर्फ लैजाने र अर्को समूह भारतबाट चोरी गरी नेपाली समूहलाई सस्तो मूल्यमा बेच्ने रहेको प्रहरीको भनाइ छ।
पक्राउ परेका ८ जनालाई मोटरसाइकलसहित मेची भन्सार कार्यालय पठाइएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?