कास्की-पोखराको बागलुङ बसपार्क नजिक मंगबार राति यात्रु ओराल्न रोकेको बसमा स्कुटर ठोकिदाँ स्कुटरबाट खसेर तीन वर्षको बालकको मृत्यु भएको छ।
बागलुङ बुर्तिबाङ्गबाट काठमाडौं तर्फ जादै गरेको बा ३ ख ९३०९ को बस पोखरा लेखनाथ महानगरपालिका वडा २ बागलुङ बसपार्कमा यात्रु झार्नलाई रोकेको अवस्थामा ग ११ प २७७० नम्बरको स्कुटर पछाडिबाट ठोक्किन जादाँ दुर्घटना भएको हो।
स्कुटर चालक अन्नपूर्ण गाउँ पालिका वडा नं. ६ बस्ने वर्ष ३१ का राजु भारती रहेका छन् । भारतीका छोरा ३ वर्षिय आदित्य विक्रम भारतीलाई पछाडि बसेका वर्ष ३२ का कह तामाङ्गले समातेका थिए।
रोकेको बसमा द्रुत गतिमा भएको स्कुटर एक्कासी ठोकिँदा बालक भुइँमा पछारीन पुगेको कास्की ट्राफिक प्रहरी प्रमुख ऐन बहादुर मल्लले जानकारी दिए।
टाउको र छातिमा गम्भिर चोट लागेका बालकको उपचारकोलागि मनिपाल हस्पिटल पुर्याइएको थियो । डाक्टरले बालकको मृत घोषणा गरेका थिए । चालक राजु भारतीलाई टाउको र खुट्टामा चोट लागेको अस्पताल स्रोतले बताएको छ ।
सम्बन्धित समाचारहरु…
स्कुटर दुर्घटनामा चालकको मृत्यु
फिल्म रिलिज नहुँदै अभिनेत्री बिनाको स्कुटर दुर्घटनामा मृत्यु