देशमा शान्ति होस् भन्दै पूर्वराजाले गरे सुर्खेतमा पूजा

देशमा शान्ति होस् भन्दै पूर्वराजाले गरे सुर्खेतमा पूजा
+
-

सुर्खेत- पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले नेपालमा पुन: राजसंस्थाको माग गरेका छन्। विहीबार बिहानैदेखि राजाको स्वागतका लागि देउतीबज्यै मन्दिर परिसरमा भेला भएका उनीहरुले नेपालमा पुनः राजसंस्था आवश्यक रहेको बताएका छन्।

राजसंस्था ढलेसँगै पहिलो पटक सुर्खेत आएका राजाको स्वागत गर्दै समर्थकहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,’ ‘राजा आउ देश बचाउ’ जस्ता नाराजुलुससमेत लगाएका छन्।

पश्चिम नेपालको भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्रले विहीबार सुर्खेतस्थित देउती बज्यै मन्दिरमा विशेष पूजा गरेका छन्। पूर्वराजाले योसहित तेस्रोपटक देउती बज्यैको दर्शन गरेका हुन्।

नेपालगञ्जबाट बुधबार बिहान १२ बजे वीरेन्द्रनगर पुगेका शाहले करिब १५ मिनेट पूजा गरेका थिए।

देउती बज्यै दर्शनका क्रममा राजाले देशमा स्थायी  शान्तिको कामना गरेका छन्।

‘राजाले मन्दिर राम्रै छ, भनिबक्सिनुभयो,’ मन्दिरका मुख्य पुजारी टंकबहादुर राजीले भने, ‘देशमा शान्ति कायम होस्। जनताको कल्याणहोस् भन्ने आर्शिवाद देउतीमातासँग राजा विसाइबक्सिनुभो।’

उनले पूर्वराजाले देउतीबज्यैको दर्शन गरेको यो तेस्रो पटक भएको बताए। ‘राजामै पुजारी भएदेखि तीन पटक आइबक्सियो,’ उनले भने, ‘राजाले सधै सबैको कल्याण होस् भन्दै देश र धर्मप्रति चिन्ता व्यक्त गरिबक्सिनुभयो।’

पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव स्वागत समिति सुर्खेतका संयोजक बलभद्र भारतीका अनुसार पूर्वराजा बुधबार नै नेपालगञ्ज फर्किसकेका छन्।

सम्बन्धित समाचारहरु…

पूर्वराजाको स्वागतमा ६ सय ५१ जनाको समिति

पूर्वराजा आउने भन्नेबित्तिकै बागेश्वरीमा ठेलमठेल

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?