प्रदेश ४ का प्रमुखले भने, असल अभिभावक बन्नेछु

प्रदेश ४ का प्रमुखले भने, असल अभिभावक बन्नेछु
+
-

पोखरा- नयाँ संघीय संरचनाका अन्तर्गत प्रदेश नं ४ को पहिलो प्रदेश प्रमुख बनेका बाबुराम कुँबरले प्रदेश ४ लाई विधिको शासनयुक्त प्रदेशको रुपमा चिनाउन आफूले प्रयास गर्ने बताएका छन्। देशसञ्चारसँग छोटो कुराकानी गर्दै कुँबरले सरकारले गरेको यो नियुक्तिलाई अवसरसँगै चुनौतीका रुपमा लिएको बताए ।

अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा १ थुमकोटमा बुबा भिमबहादुर कुँवर र आमा देवकी कुँवर सन्तानका रुपमा २०१७ साउन १० गते जन्मिएका हुन् कुवँर। एमए, एलएलएमसम्मको अध्ययन पुरा गरेका कुँबर सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्याधिवक्तामा नियुक्त समेत भएका थिए।

कानुन ब्यवसायी संगठन डेमोक्रेटिक लयर्स एसोसियसनका पूर्वअध्यक्ष समेत रहेका कुँवरले अब राजनीतिभन्दा माथि रहेर समग्र प्रदेशको वृहत्तर विकासका लागि अभिभावकको रुपमा भूमिका खेल्ने बताए।

आफ्नो क्षेत्रमा निरन्तर कर्तब्य निष्ठ भएर काम गरिरहँदा सरकारले प्रदेश प्रमुखको रुपमा योग्य ठानेर गरेको मूल्यांकनलाई आत्मसात गर्दै प्रदेश ४ को वृहत्तर विकास र समृद्धिका लागि आफ्नो भूमिकामा दत्तचित्त भएर लाग्ने उनले बताए।

हाल काठमाडौं महानगरपालिका वडा १५ छाउनीमा बस्दै आएका कुँवरले यसअघि सर्वोच्च अदालतको न्यायाधीश हुने अफर लगायत अन्य अवसर आए पनि आफू इच्छुक नभएको बताए।

संघीय नेपालको पहिलो प्रदेश प्रमुखको नियुक्तिलाई एउटा ऐतिहासिक अवसरको रुपमा ग्रहण गरेको उल्लेख गर्दै उनले भने, ‘यो अवसरसँगै चुनौती पनि हो। नयाँ संरचनामा देखिने असहज परिस्थितिलाई सामना गर्न तयार छु।’

एउटा कानुनको क्षेत्रबाट यो स्थानसम्म आइपुगेको भन्दै ब्यक्तिको नभई विधिको शासनबाट मात्र आफू चल्ने उनले बताए।

आफू जन्मेको अर्घाखाँचिी संघीयता बाँडफाँडमा प्रदेश ५ मा परेपनि यस अघि पश्चिमाञ्चलभित्रै रहेकाले आफू जन्मेको, हुर्केको, खेलेको र शिक्षा आर्जन गरेको एउटा पवित्र भूमिका रुपमा यस क्षेत्रलाई लिएको उनले बताए।

उनले यस क्षेत्रको विकास र समृद्धिका लागि प्रदेश कार्यपालिकासँग नजिक असल अभिभावककोे भुमिकामा कर्तब्यनिष्ठ भएर काम गर्ने बताए। उनले भने, ‘विधिको शासन भनेको नै लोकतान्त्रिक पद्धतिको मेरुदण्ड हो, म संविधान प्रदत्त क्षेत्राधिकारभित्र रहेर नागरिकको पक्षमा आफ्नो भूमिकालाई सशक्त बनाउनेछु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?