कवि लीलाको देशभक्तिमा चित्रकार पवनको कुची

कवि लीलाको देशभक्तिमा चित्रकार पवनको कुची
+
-

विर्तामोड–भाषण सुन्ने मन कसैको थिएन। सबै कानेखुशी गरिरहेका थिए। मात्र प्रतिक्षा थियो कवितामा कसरी चित्र बनाइन्छ भन्ने। केही मानिसको भाषणपछि कवि लीला अनमोल पुगिन् कविता भन्न माइकमा। छेउमा चित्र कोर्नका लागि स्ट्याण्ड राखिएको थियो। चित्र कोर्नका लागि तयार थिए चित्रकार पवन राजवंशी। रंग र कुची लिएर आए।

बिहीबार झापाको कन्काई नगरपालिका ९ घैलाडुब्बास्थित चित्रकार पवन राजवंशीको घरमा साहित्यकार तथा साहित्य र फाइन आर्टमा रुची राख्नेको ठूलै जमघट थियो।

आफ्ना पिता कुलदिप राजवंशीको नाममा पवनले २०६८ सालमा स्थापना गरेको ललितकला उत्थान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा कवि लीला अनमोलका कवितामा चित्र कोरेको हेर्न त्यहाँ उपस्थित सबै लालायित थिए, जुन कला तथा साहित्य क्षेत्रमा नौलो प्रयोग थियो।

लीला माइकमा गइन् र कविता वाचन गर्न थालिन्–

भर्खर स्कुल जाँदै गरेकी
मेरी सानी छोरीले सोधी
‘आमा देश भनेको के हो?’

चित्रकार पवन राजवंशीका रंग र कुचीसहितको हात चित्र कोर्न राखिएको स्ट्याण्डतिर लम्क्यो। उनको हाते हिमाल बनायो। उनको हातले गौतम बुद्धको चित्र कोर्यो। अनि चन्द्र सूर्य अंकित झण्डा बनायो। पवनलाई सहयोग गर्दै थिए नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एससी सुमन।

लीलाले करिब एक दर्जन कविता वाचन गरिन् । सबै देशप्रेम भावमा लेखिएका थिए। कवितामा राजनीतिक दलप्रतिको व्यंग्य प्रशस्तै थिए। बाढी र भूकम्पले पिरोलिएका सर्वसाधारणका कथा पनि कवितामा समावेश थिए।

कवि लीलाले भनिन्, ‘देशप्रेमका कविता जिवन्त हुन्छन् । त्यसैगरी चित्र पनि जिवन्त हुन्छ। त्यसैले चित्र र कविताको भाव मिलाएको हो।’

कविता भन्दै कविताकै भावमा चित्र कोरेको झापाली साहित्यकार तथा साहित्यप्रेमीले देख्न पाएका थिएनन् । कवि मुनाराज शेर्माले भने, ‘लीलाजीको सशक्त लेखन र पवनजीको सशक्त रंग र कुची खुबै मिल्यो।’

देशभक्ति कवितासँगै माहोल तताउन केही प्रेमील कविताहरु पनि कवि लीलाले सुनाएकी थिइन् । उनी २०६७ सालको राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम भएकी कवि हुन् ।

तस्बिरः कवि लीलाले कविता वाचन गर्दा कविताको भावमा चित्र कोर्दै चित्रकार पवन राजवंशी।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?