
काठमाडौं– प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले झण्डै दुई किलो कोकिनसहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीले बोलिभियाका २८ वर्षे फ्रेडी मामनी एण्डिया तथा थाइल्याण्डकी २८ वर्षे ख्वान्जाई खनारातलाई एक किलो ९ सय ९८ ग्राम कोकिनसहित काठमाडौंको ठमेलबाट बिहीबार पक्राउ गरिएको डिआइजी ठूले राईले दिए।
एण्डियाले बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारत हुँदै काठमाडौंसम्म लागुऔषध कोकिन ल्याएका हुन् । यस बापत उनले तीनहजार अमेरिकी डलर पाएका थिए।
यहाँबाट थाइ नागरिक खनारातले कोकिन थाइल्याण्ड लैजाने योजना रहेको उनीहरुले बयानको क्रममा बताएको डिआइजी राईले जानकारी दिए।
उनीहरुलाई बिहीबार पक्राउ गरेर प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो। दुवैमाथि लागुऔषध नियन्त्रण ऐन अनुसारका कारवाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस्…