सुर्खेत-प्रदेश ६ का प्रदेश प्रमुख दुर्गा केशर खनालले पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुखको गोपनीयताको सपथ ग्रहण गरी आइतबार वीरेन्द्रनगर पुगेका खनालले विहान दश बजे पद्भार ग्रहण गरेका हुन्।
पद्भार ग्रहण गरेसँगै प्रदेश प्रमुख खनालले संघीयता कार्यान्वयनमा देश गएसँगै ६ नम्बर प्रदेशलाई सुनौलो र सुन्दर प्रदेशका रुपमा विकास गर्ने बताए।
संघीयता सँगै नयाँ युगको शुरु भएको भन्दै प्रदेश प्रमुख खनालले सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे। ‘यो हाम्रो नयाँ अभियान हो, अनुभव होइन्।’
पद्भार ग्रहण पछि पत्रकारहरुसँग उनले भने, नयाँ युगको बाटो शुरु भएको छ। अब नयाँ युगसँगै यो प्रदेशलाई सुन्दर प्रदेश बनाउने मेरो पहल हुनेछ।’
प्रदेश प्रमुख खनालले केही बेरमा प्रदेश सभा सदस्यहरुलाई सपथ खुवाउने बताए। विहान ११ बजे भनिएको सपथ १ बजेका लागि सरेको छ। प्रदेश सभा सदस्यहरु हवाई उडानमा समस्याका कारण ढिलो वीरेन्द्रनगर आएकाले सपथ सरेको बताइएको छ।
प्रदेश प्रमुख खनालले प्रदेश सांसदहरू मध्य जेष्ठ प्रदेश सभा सदस्यहरुमध्ये हिमबहादुर शाहीले पहिले सपथ ग्रहण गर्नेछन्।
६८ वर्षीय शाहीलाई शुरूमा प्रदेश प्रमुख खनालले शुरूमा सपथ खुवाउने छन्।
नेपाली काँग्रेस दैलखबाट समानुपातिक सांसद बनेका शाहीले सपथ खाएपछि प्रदेशका ३९ जना अन्य सांसदहरूलाई सपथ खुवाउने बताइएको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































