मोदीको ओलीलाई निम्तो, ‘पहेले आप’- ओलीको जवाफ

 मोदीको ओलीलाई निम्तो, ‘पहेले आप’- ओलीको जवाफ
+
-

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई आफ्ना समकक्षीका रुपमा छिट्टै भारतको औपचारिक भ्रमणमा निम्त्याएका छन्।

बालकोटस्थित ओली निवासमा वाम एकता बैठककै बीच मोदीको फोन आएपछि बैठकमा उपस्थित सबैको चासोको विषय समेत बन्न पुगेको थियो।

बैठकमा उपस्थित एक स्राेतका अनुसार करिव १० मिनेट लामो वार्तामा नयाँ वर्षको शुभकामना आदानप्रदानपछि मोदीले भारत भ्रमणको निमन्त्रणा ओलीलाई दिएका थिए।

प्रत्युत्तरमा ओलीले आफ्नो कार्यकाल सुरु हुनेबित्तिकै मोदीलाई नेपाल आउन र यसपल्टको भ्रमणमा उनले यसअघि जान चाहेका तर जान नसकेका जनकपुर, लुम्विनी तथा मुक्तिनाथसहितका तीर्थहरु भ्रमण गर्न पनि आग्रह गरे।

ओली प्रधानमन्त्री भएका बेला भारतद्वारा गरिएको आर्थिक नाकाबन्दीका कारण सम्बन्ध चिसिएका मोदी र ओलीबीच निर्वाचनपछि यो दोस्रो टेलिफोन वार्ता हो।

यसअघिको वार्तामा मोदीले निर्वाचन सम्पन्न भएकोमा ओलीलाई बधाई दिँदै भारत नेपालमा प्रजातान्त्रिक पद्धतिबाट बन्ने सरकारसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए।

स्रोतका अनुसार मोदीले बिहीबारको वार्तामा ओलीको भ्रमणपूर्व त्यो सँग जोडिएका विषयमा तयारीका लागि विदेशमन्त्री सुषमा स्वराज नेपाल आउने सूचना पनि दिए। तर त्यसको समय भने तोकेनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?