एकताले अझै पाएन ठाउँ

एकताले अझै पाएन ठाउँ
+
-

काठमाडौं – वाम एकता संयोजन समितिको आइतबारको बैठकमा पार्टी एकताले प्रवेश नै पाउन नसक्दा पाटी एकतामा अझै केही ठूला व्यवधानहरु तेर्सिएका अनुमान वाम वृतमै हुन थालेको छ।

संयोजन समितिका सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले समय अभावका कारणले एकता विषयले प्रवेश नपाएको दावी गरेका छन्।

एकतालेएमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच तीन दिन लगातार बैठक भएपछि उच्चस्तरमै केही मतभेद रहेको अड्कलबाजी दुवै पार्टीमा हुन थालेको छ।

श्रेष्ठले जस्तै एमाले उपाध्यक्ष बामदेव गौतमले पनि वैचारिक र सांगठनिक विषयमा अझै दुई पार्टीका अध्यक्षबीच छलफल र गृहकार्य गर्नु पर्ने देखिएकाले वाम एकताकाबारेको छलफलले प्रवेश नपाएको बताए।

‘एकताको बारेमा अझै छलफल गर्नु पर्ने देखिएको छ। राष्ट्रियसभाको निर्वाचन नजिकएकाले त्यसलाई प्राथमिकतामा राख्नु पर्ने भयो र त्यसैमा बैठक केन्द्रीत भयो,’गौतमले देशसञ्चारसँग भने,’ एकताका लागि दुई वटा कार्यदल बनाउनु पर्ने छ। त्यही समझदारीलाई अगाडी बढाउने निर्णय मात्रै भएको छ।

एकतालेतर एक उच्च श्रोतका अनुसार ओली प्रधानमन्त्रीसँगै आफुले चाहेको व्यक्तिनै राष्ट्रपति हुनु पर्ने अडानमा छन् भने दाहाल एकीकृत पार्टीको नेतृत्व सहित कुनै किसिमको कार्यकारी हैसियत चाहान्छन्। संविधानमा त्यस्तो पदकोे प्रावधान नहुँदा कठिनाई उत्पन्न भएको छ।

श्रोतका अनुसार यी विषयमा नेतृत्व तहमा सहमति बनेपछि पार्टी एकता प्रक्रियाले तिव्रता पाउने छ। तर त्यसबारे समय अनुमान लगाउने स्थितीमा कोही देखिदैनन्।

त्यसैले आइतबारको एकता संयोजन समितिको बैठकले राष्ट्रिसभा निर्वाचनको सम्बन्धमा गठित कार्यदलले बुझाएको प्रतिवेदनको औपचारिक अनुमोदनमै आफुलाई सीमित राख्यो।

भावी सरकारका विकास एजेण्डा तयार गर्न कार्यदल

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार छ्ट्टिै गठन हुने केन्द्रीय सरकारले कसरी सुशासन र विकासलाई तिव्रता दिने भन्नेबारे सुझाव दिन सात सदस्यीय कार्यदल गठन गरेको छ।

समितिमा एमालेका बामदेव गौतम, भिम रावल, विरोद खतिवडा, विजय पौडेल र माओवादी केन्द्रका गिरीराजमणी पोखरेल, वर्षमान पुन, र मिनबहादुर श्रेष्ठ सदस्य छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?