
सुर्खेत – राष्ट्रियसभा सदस्यको ८ सिटका लागि प्रदेश नम्बर ६ मा नेकपा एमालेका तर्फबाट मात्रै १५ जना सिफारिस भएका छन्।
प्रदेश संगठन कमिटी सचिवालय बैठकले उम्मेदवारहरुका लागि नाम सिफारिस गरेको पोलिटब्युरो सदस्य यामलाल कंडेलले बताए।
आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका प्रदेश कमिटीले दश जिल्लाको प्रतिनिधित्व हुने गरी उम्मेदवारहरुको नाम केन्द्रिय कमिटीमा पठाएको हो ।
दलित, जनजाति, अल्पसंख्यक र अन्य कोटामा नेताहरुको नाम पठाइएको एमाले ६ नम्बर प्रदेशका प्रदेशका सह–सहसंयोजक समेत रहेका कंडेलको भनाई छ।
जाजरकोटका भैरव सुख्दर श्रेष्ठ, दैलेखका लक्ष्मी पोखरेल, डोल्पाका हंशबहादुर शाही, जुम्लाका बलबहादुर महत, कालिकोटका तरराज विष्ठ, सल्यानका टेकबहादुर खाँण, दैलेखका राजेन्द्रविर राई, मुगुका सोनाम क्षेजुङ्ग लामा र रुकुमका ठकेन्द्र पुरी सिफारिसमा परेका छन् ।
यस्तै, महिलातर्फ हुम्लाका कविता बोगटी, सुर्खेतका नन्दा गुरुङ्ग, जुम्लाका मेनका रेग्मी चौलागाई सिफारिस गरिएको छ। दलित कोटामा सुर्खेतका तरुण विक, हुम्लाका मेहेल पार्की, मुगुका जर्मन नेपाली सिफारिसमा परेका छन् ।
सम्बन्धित समाचारहरु…