सुर्खेत- प्रदेश ६ को मुख्यमन्त्री पदलाई लिएर नेकपा एमाले र माओवादी केन्द्रबीच राजनीतिक रस्साकस्सी सुरु भएको छ।
माओवादी केन्द्रले प्रदेश सातसँगै ६ मा पनि उक्त पदका लागि दावी गरिरहेका बेला प्रदेशसभामा आफ्नै पार्टी सबैभन्दा ठूलो रहेका आधारमा त्यो पदलाई नछोड्ने निर्णय गरेको हो।
प्रदेशसभामा एमालेले एकल सरकार बनाउन र सञ्चालन गर्ने हैसियत रहेको भन्दै प्रदेश संसदीय वैबकले सोमबार मुख्यमत्री नछोड्ने निणर्य गरेको छ।
वीरेन्द्रनगरमा भएको नेकपा एमाले प्रदेश नम्वर ६ संसदीय दलको पहिलो बैठकबाट ४० सदस्यीय प्रदेशसभामा २० जना सदस्य रहेकाले प्रदेश सरकारको नेतृत्व उसको स्वाभाविक हक भएको ठहर गरेको छ।
तर बहुमत छँदा छँदै पनि वाम एकतालाई बचाउन एमाले गठनबन्धन सरकारकै पक्षमा उभिएको छ।
बैठकले एकल सरकार बनाउन र सञ्चालन गर्न सक्ने हैसियत एमालेमा रहेको भन्दै मुख्यमन्त्री पाउनुपर्ने निर्णय गरेको एमाले पोलिटव्यूरो सदस्य यामलाल कंडेलले बताए ।
अन्य प्रदेशको तुलनामा प्रदेश ६ मा बलियो रहेको भन्दै माओवादीले पनि मुख्यमन्त्री नछोड्ने अडान कायमै राखेको छ ।
एमालेपछि माओवादी दोस्रो ठूलो पार्टी हो। प्रदेशसभामा उसका १३ सदस्य छन्। यसैबीच बैठकले ६ नम्बर प्रदेशको संघीय राजधानी सुर्खेतलाई सिधा राजधानी काठमाडौंसँग हवाई सेवा सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































