
काठमाडौं – एमाले स्थायी समितिको बैठकले प्रदेश नम्बर १, २, ३ र ४ बाट राष्ट्रियसभाको निर्वाचनको उम्मेद्वार तय गरेको छ।
अध्यक्ष केपी ओली निवास बालकोटमा मंगलबार बसेको स्थायी समितिको बैठकले बाँकी १६ जना उम्मेद्वार टुंगो लगाएको हो। यसअघि ५,६ र ७ नम्बर प्रदेशबाट उम्मेद्वार चयन भकाएका थिए।
यी हुन मंगलबार चयन भएका उम्मेद्वार
प्रदेश नं १–
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नं २–
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नं ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नं ४–
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ