प्रदेशसभा बैठक आह्वानमा अलमल

प्रदेशसभा बैठक आह्वानमा अलमल
+
-

सुर्खेत – प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठक आह्वानमा अलमल देखिएको छ । प्रदेश प्रमुखले पदभार सम्हालेको एक हप्ता बितिसक्दा पनि प्रदेशसभा बैठकको मिति तय भएको छैन ।

कर्मचारी अभाव, भौतिक संरचनाको अभावका कारण प्रदेश ६ मा भने कहिले प्रदेशसभा बैठक बस्ने भन्नेबारे अलमल देखिएको हो । अन्य प्रदेशमा प्रदेशसभा बैठक आह्वान भए पनि ६ नम्बर प्रदेशमा आन्यौलता कायमै छ ।

प्रदेशको अन्तिम नतिजा सार्वजनिक भएको २० दिनभित्र प्रदेसभाको पहिलो बैठक बसिसक्नु पर्ने संवैधानिक व्यवस्था छ । त्यसअनुसार माघ २७ गतेभित्र प्रदेशसभाको पहिलो बैठक बसिसक्नुपर्नेछ । तर कर्मचारी अभावका कारण प्रदेशसभा बैठक आहृवानमै अलमल देखिएको छ । प्रदेशसभा सदस्यले शपथ लिएको ६ दिन बितिसक्दासमेत प्रदेशसभा बैठक आह्वान गर्ने कुनै सुरसार देखिएको छैन ।

प्रदेशसभा सदस्यले सपथ लिएसँगै पटक–पटक भएका औपचारिक छलफलबाट समेत भए पनि प्रदेशसभा बैठकबारे निर्णय हुन नसकेको ६ नम्बर प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले बताए ।

संसद सचिवालयबाट प्रदेशसभाको लागि खटाइएका कर्मचारी नआइपुगेका कारण बैठक आह्वान गर्न नसकिएको उनले बताए । ‘संसद सचिवालयबाट खटाइएको कर्मचारी आइपुगेका छैनन् ।’ प्रदेश प्रमुख खनालले भने, ‘कर्मचारीलाई कुरेर बसेका छौं । अबको केही दिन भित्र प्रदेशसभाको वैठक बोलाउछौं ।’ उनले यहि माघ २१ गते भित्रै प्रदेशसभा वैठक बसाल्ने गरी काम अगाडि बढाएको बताए ।

प्रदेशसभा वैठकको बारे अलमल हुँदा प्रदेशका सभामुख, उपसभामुख, मुख्यमन्त्री निर्वाचनबारे समेत अलमल कायम छ । पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभामुख र उपसभामुखको निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ । तर प्रदेश प्रमुख भने संघीय संसदमा काम गरेका कर्मचारी पर्खिरहेका छन्, जसले अरु कर्मचारीलाई प्रशिक्षण दिनेछन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’