अन्तिम समयमा दिल्लीले रोजेको थियो ‘सन्दीप’लाई

अन्तिम समयमा दिल्लीले रोजेको थियो ‘सन्दीप’लाई
+
-

काठमाडौं– नेपालका १७ वर्षीय स्पिनर सन्दीप लामिछाने विश्‍वकै सबैभन्दा महँगो क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिगमा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका छन्।

आइतबार भएको लिलामीमा दिल्ली डेयर डेभिल्सले सन्दिपलाई बेस मुल्य २० लाख भारतिय रुपैयाँमा लिएको हो।

लिलामीका लागि सन्दिपलाई बोल्ने समय सकिन लाग्दा दिल्लीले कार्ड उठाएको थियो।

दुई वर्षअघि सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका सन्दिपले आईसिसी यु–१९ विश्वकपमा ह्याट्रिक विकेट लिएका थिए।

अस्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले आफ्नो एकेडेमीमा बोलाएपछि सन्दीपको अन्तर्राष्ट्रिय चर्चा चुलिएको थियो।

क्लार्कले आफ्नो एकेडेमीमा सन्दिपलाई निकै महत्व दिदै उनी भविस्यकै राम्रो स्पिनर बन्‍न सक्ने बताउँदै आएका छन्।

सन्दीपलाई अस्ट्रेलियाका पुर्व स्पिनर सेन वार्नेसँग तुलना गरिन्छ। सन्दिपको आउटस्विङ स्पिनको अन्तर्राष्ट्रियस्तरमै चर्चा हुने गरेको छ।

 

सम्बन्धित समाचारहरु…

सन्दिप अाइपिएलमा, २० लाख भारुमा अावद्ध

आइपिएलको अक्सन सूचिमा सन्दीप लामिछाने, मूल्य २० लाख

आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?