काठमाडौं-अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङ प्रशिक्षक रहेको दिल्ली डेयर डेभिल्सले नेपालका युवा स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग(आईपीएल)का लागि लिएको छ।
पोन्टिङ दिल्लीका प्रशिक्षक हुन्। अस्ट्रेलियाका अर्का पूर्व कप्तान माइकल क्लार्कले सन्दीपको प्रशंसा गर्दै आएका छन्।
सन्दीपले क्लार्ककै प्रस्तावमा उनको एकेडेमीमा प्रशिक्षण गर्नुका साथै अस्ट्रेलियन क्लबका लागि पनि केही समय खेलेका थिए।
अस्ट्रेलियन राष्ट्रिय टोलीमा पोन्टिङ कप्तान रहँदा क्लार्क उपकप्तान थिए। पोन्टिङले सन्याश लिएपछि क्लार्क टोलीको कप्तान थिए।
सन्दीप आईपिएलको लिलामी हुने खेलाडीको सुचीमा परेपछि क्लार्कले बधाई दिएका थिए।
आईपिएलको लिलामी सूचीमा पर्ने सन्दीप पहिलो नेपाली खेलाडी पनि हुन्। सन् २००८ देखि सुरु भएको आईपीएलको १० संस्करण सकिदासम्म दिल्ली फाइनल समेत पुग्न सकेको छैन।
सम्बन्धित समाचारहरु…

भर्खरै
लोकप्रिय






































































































































































































