काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) क्लब दिल्ली डेयर डेभिल्सले नेपालका युवा स्पिनर सन्दीप लामिछानेलाई आबद्ध गरेको छ।
आसन्न आईपिएलका लागि आइतबार भएको लिलामीमा दिल्लीले सन्दीपलाइ २० लाख भारतीय रुपैयाँमा आबद्ध गरेको हो। सन्दीपको बेस मुल्य नै २० लाख रुपैयाँ थियो।
अस्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङको प्रशिक्षण तथा भारतिय टोलीका पूर्व ब्याट्सम्यान गौतम गम्भीरको कप्तानीमा रहेको दिल्लीमा विदेशी खेलाडीका रुपमा न्युजिल्यान्डका कोलिन मुन्नो, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, इङ्ल्यान्डका जेसन रोए, दक्षिण अफ्रिकाका कागिसो राबडा, दक्षिण अफ्रिकाका क्रिस मोरिस र अस्ट्रेलियाका ड्यानियल क्रिस्टियन र ग्लेन म्याक्सवेल छन्।
यसैगरी भारतका पृथ्वी शाह, अभिशेक शर्र्मा, मनोजित कार्ला, अमित मिश्रा, सहबाज नदिम,हर्सल पटेल, राहुल तवटिया, जयन्त यादब, विजय शंकर, मोहम्मद शामी, गुर्कित सिंह, आवेश खान, श्रेयस आयर र रिसब पन्त छन्। शामी, राबडा, मोरिस, अयर र पन्त गत सिजन पनि दिल्लीमै थिए।
टोलीका सबैभन्दा महँगा खेलाडी पन्त हुन्। उनलाई १५ करोड भारतीय रुपैयाँ खर्च गरिएको छ। मोरिसलाई ११ करोड, म्याक्सवेललाई नौ करोड, मिश्रालाई चार करोड, अयरलाई सात करोड भारतिय रुपैयाँ खर्च गरिएको छ। २० लाख रुपैयाँमा किनिएका खेलाडीमा सन्दिपबाहेक हर्सल पटेल र मनोजित कार्ला पनि हुन्।
सम्बन्धित समाचारहरु…
पोन्टिङको टोलीमा सन्दीप लामिछाने
अन्तिम समयमा दिल्लीले रोजेको थियो ‘सन्दीप’लाई

भर्खरै
लोकप्रिय






































































































































































































